२०८२, १९ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

समानुपातिकतर्फ एमालेको मत १० लाख बढी, स्वतन्त्र पार्टीको पाँच लाख नजिक

२०७९, ९ मंसिर शुक्रबार ०५:५८

मंसिर ९, काठमाडौं | प्रतिनिधिसभा सदस्य समानुपातिकतर्फको मतगणना जारी छ । पछिल्लो मतपरिणामानुसार नेकपा (एमाले) १० लाख ३३ हजार २९९ मतसहित अग्रस्थानमा छ । नेपाली कांग्रेस नौ लाख नौ हजार एक मतसहित दोस्रो स्थानमा छ । एमाले र कांग्रेसबीचको मतान्तर ४४ हजार २२ छ ।


निर्वाचन आयोगका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीको मत पाँच लाखनजिक पुगेको छ । स्वतन्त्र पार्टीले चार लाख ८८ हजार ६९७ मत ल्याइसकेको छ ।

समानुपातिकतर्फ नेकपा (माओवादी केन्द्र)ले चौथो स्थानमा छ । माओवादी केन्द्रले चार लाख ५२ हजार ६४८ मत पाएको आयोगले जनाएको छ ।

यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीले दुई लाख ६२ हजार ९२४ मत ल्याएको छ । जनता समाजवादी पार्टी (जसपा)ले एक लाख २९ हजार ६३३ मत पाएको छ । जनतमत पार्टीले ७७ हजार ३१६, नेकपा (एकीकृत समाजवादी)ले ७३ हजार २३४ मत प्राप्त गरेको छ ।

नागरिक उन्मुक्ति पार्टीले ७० हजार ६२०, नेपाल मजदुर किसान पार्टीले ५७ हजार ३४० मत पाएको आयोगले जनाएको छ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले ५४ हजार ३२५ मत प्राप्त गरेको छ ।

अरू दलहरूले ५० हजारभन्दा कम मत पाएका छन् । हालसम्म चार पार्टीले मात्र तीन लाख मत कटाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल