२०८२, १९ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सिरहा क्षेत्र–४ मा जसपाका महतो विजयी

२०७९, ९ मंसिर शुक्रबार ०६:४६

मंसिर ९, सिरहा | सिरहा निर्वाचन क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सदस्य पदमा नेकपा (एमाले)–जनता समाजवादी पार्टीको तर्फबाट जसपाका डा वीरेन्द्रप्रसाद महतो विजयी हुनुभएको छ । 

अन्तिम मतपरिणामअनुसार उहाँले  जनमत पार्टीका वीरेन्द्रप्रसाद शाहलाई सात हजारआठ सय आठ मतान्तरले पछि पार्दै विजयी हुनुभएको हो । क्षेत्र नम्बर ४ का निर्वाचन अधिकृत दीपेन्द्रनाथ योगीका अनुसार महतोले २४ हजार एक सय दुई मत प्राप्त प्राप्त गर्दा  निकटतम् प्रतिद्वन्द्वी जनमत पार्टीका शाहले १६ हजार दुई सय ९४ मत प्राप्त गर्नुभयो । 

यसैगरी सत्ता गढबन्धनबाट एकीकृत समाजवादीका धर्मनाथ शाहले १४ हजार ६५३ मत प्राप्त गर्नुभयो भने राष्ट्रिय स्वतन्त्र पार्टीका विमल कुमार तिवारीले एक हजार ६८३ मत प्राप्त गर्नुभयो । 

यस निर्वाचन क्षेत्रमा जम्मा ६५ हजार दुई सय १६ मत खसेकामा चार हजार दुई सय ९४ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।  सिरहा–४ मा विजयी महतो २०७० को दास्रो संविधानसभामा समानुपातिकतर्फबाट सभासद बन्नुभएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल