१६ मंसिर २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

कांग्रेसका केसी नुवाकोट–२ बाट निर्वाचित

१० मंसिर २०७९, शनिबार ०३:२५

मङ्सिर १०, नुवाकोट । नुवाकोटको निर्वाचन क्षेत्र नं २ मा नेपाली कांग्रेसका उम्मेदवार अजुर्ननरसिंह केसी निर्वाचित हुनुभएको छ ।

सत्तारुढ पाँच दलीय लोकतान्त्रिक–वाम गठबन्धनको साझा उम्मेदवारको रुपमा रहनुभएका कांग्रेसका उम्मेदवार केसीले २८ हजार एक सय सात मत ल्याएर विजयी हुनुभएको मुख्य निर्वाचन अधिकृत मदनबहादुर धामीले जानकारी दिनुभयो । निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका सुमनविक्रम पाण्डेले १६ हजार चारसय ७७ र नेकपा (एमाले)का उम्मेदवार नारायणप्रसाद खतिवडाले १५ हजार पाँच सय ६१ मत ल्याउनुभयो । यसअघि विसं २०७४ को निर्वाचनमा एमालेका उम्मेदवार खतिवडासँग दश हजार मतान्तरले पराजित हुनुभएका केसी यो पटक खतिवडाभन्दा १२ हजार पाँच सय ६४ मतान्तरले निर्वाचित हुनुभएको हो ।

यही मङ्सिर ४ मा भएको निर्वाचनमा खसेको कूल ७७ हजार चार मतको आज बिहान सम्पन्न गणनाको नतिजाअनुसार राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार झनक प्याकुरेलले एक हजार पाँच सय ७१ मत ल्याउनुभएको छ भने चुनावी प्रतिस्पर्धामा तीन स्वतन्त्रसहित ११ मध्ये अन्य उम्मेदवारको मत एक हजारभन्दा कम रहेको मुख्य निर्वाचन अधिकृत मदनबहादुर धामीले जानकारी दिनुभयो । यस निर्वाचन क्षेत्रको प्रदेश–२ को गणना जारी छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यू-१९ एसिया कपमा‌ नेपालले आफ्नो दोस्रो खेल आज बंगलादेशसँग खेल्दै यस्तो रहेको छ, आज विदेशी मुद्राको विनिमय दर १३ सदस्यीय संसदीय प्रतिनिधि मण्डल मलेसिया भ्रमणमा स्थानीय तहका रिक्त विभिन्न ४१ पदका लागि आज मतदान हुदैँ आजको मौसम:तराईका केही स्थानहरूमा कुहिरो लागे र हिमाली भागका केही स्थानमा हिमपातको सम्भावना विदेसबाट रेमिट्यान्स पठाएर एक करोड जितेकी प्रमिलालाई चेक हस्तान्तरण मलेसिया रोजगारीको नाममा भईरहेको मेडिकल सिन्डिकेट पुन: व्युताउने प्रयास हुँदै जापानको टोकियोमा नेपाल फेस्टिवल (फोटो फिचर) एनपीएल : मिलान्थाको सानदार ब्याटिङमा जनकपुर बोल्ट्स विजयी पीडामा रहेकाहरुलाई सहयोग गर्ने संस्कृति बढाउन प्रचण्डको जोड चीनसँग आर्थिक साझेदारी वृद्धि गर्ने कुरामा छलफल भयो: मन्त्री आरजु राणा चीन भ्रमण अघि पूर्वप्रधानमन्त्री खनालको प्रतिक्रिया: बीआरआईबारे विवाद अनावश्यक एनपीएल : विराटनगर किङ्सले दियो जनकपुर बोट्ल्सलाई १२८ रनको लक्ष्य एनपीएल : उद्घाटन खेलमा विराटनगर किङ्स ब्याटिंग गर्दै राजनीतिका नयाँ अनुहार लोकतन्त्ररुपी बगैंचामा फूलेका सुन्दर फूल हुन् : प्रचण्ड छेन्दुमा मन्त्री राणाको प्रतिबद्धता: नेपालमा चीन विरोधी गतिविधि हुने छैन् सुदूरपश्चिम रोयल्स र ग्लोबल आईएमई बैंकबीच मुख्य प्रायोजन सम्झौता तारकेश्वरमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु जसपा नेपालको कोशी प्रदेशस्तरीय तीनवटा भ्रातृसंगठन पुनर्गठन दिवङ्गत पितृका नाममा पशुपतिनाथलगायत शिवालय क्षेत्रमा शतबीज छरियो (फोटो फिचर)