२०८२, १३ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तनहुँ - TNH

तनहुँमा समानुपातिकतर्फ काङ्ग्रेस पहिलो

२०७९, ११ मंसिर आईतवार ०३:२९

मङ्सिर ११, तनहुँ | तनहुँ जिल्लामा समानुपातिकतर्फ नेपाली कांग्रेस पहिलो भएको छ । जिल्लाका दुवै प्रतिनिधिसभा सदस्यतर्फ समानुपातिकमा धेरै मत प्राप्त गरी कांग्रेसले अग्रता लिएको  हो ।

तनहुँ–१ र २ तर्फ कांग्रेसले ४२ हजार तीन सय ५२ मत प्राप्त गरेको छ । त्यस्तै नेकपा (एमाले)ले ३९ हजार चार सय ४७, राष्ट्रिय स्वतन्त्र पार्टीले २२ हजार आठ सय ६८, नेकपा (माओवादी) केन्द्रले १२ हजार पाँच सय ५७ र नेकपा (एकीकृत समाजवादी)ले एक हजार तीन सय ९० मत प्राप्त गरेको छ ।

तनहुँ–१ तर्फ कांग्रेसले २० हजार ८९ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत मीनबहादुर कुँवरले जानकारी दिनुभयो । एमालेले १६ हजार छ सय ४३, राष्ट्रिय स्वतन्त्र पार्टीले १२ हजार सात सय ३९, माओवादी केन्द्रले सात हजार तीन सय १०, राप्रपाले तीन हजार पाँच सय ३९, एकीकृत समाजवादीले नौ सय ४६, मङ्गोल नेशनल अर्गनाइजेशनले चार सय ५६, राष्ट्रिय जनमुक्ति पार्टीले तीन सय ६१, जनता समाजवादी पार्टी नेपालले तीन सय २२, हाम्रो नेपाली पार्टीले दुई सय २३, नेकपा (माले)ले दुई सय १२, जनमत पार्टीले एक सय ६३, मौलिक जरोकिलो पार्टीले ६२ मत प्राप्त गरेको छ । 

तनहुँ–२ को प्रतिनिधिसभामा भने एमाले पहिलो बनेको निर्वाचन अधिकृतको कार्यालयका निर्वाचन अधिकृत गोविन्द उपाध्यायले जानकारी दिनुभयो । एमालेले २२ हजार आठ सय चार, कांग्रेसले २२ हजार दुई सय ६३, राष्ट्रिय स्वतन्त्र पार्टीले १० हजार एक सय २९, माओवादी केन्द्रले पाँच हजार दुई सय ४७, राप्रपाले एक हजार सात सय ३४, मङ्गोल नेशनल अर्गनाइजेशनले छ सय २५, एकीकृत समाजवादीले चार सय ४४, राष्ट्रिय जनमुक्ति पार्टीले चार सय २९, हाम्रो नेपाली पार्टीले चार सय १७, नेकपा (माले)ले एक सय ३४, जनता समाजवादी पार्टीले एक सय एक, जनमत पार्टीले ८५ मत प्राप्त गरेको छ । 

कांग्रेसले तनहुँ–१ र २ को प्रतिनिधिसभामा विजय हासिल गरेको छ । त्यस्तै तनहुँ–१ (१) र तनहुँ–२ (२)को प्रदेशसभामा विजय हासिल गरेको छ । एमालेले तनहुँ–२ (१) र माओवादी केन्द्रले तनहुँ–१ (२) को प्रदेशसभामा विजय हासिल गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा