१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जेलमा पुगेर रेशम चौधरीलाई किन भेटे प्रचण्डले ?

११ मंसिर २०७९, आईतवार ०६:०३

मङ्सिर ११, काठमाडौँ | नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले नागरिक उन्मुक्ति पार्टीलाई आगामी सरकारमा सहभागी हुन आग्रह गरेका छन्। शुक्रबार साँझ डिल्लीबजारस्थित जेलमा रहेका नेता रेशम चौधरीलाई भेटेर प्रचण्डले सत्ता गठबन्धनमा आवद्ध हुन आग्रह गरेका हुन्। 

चौधरीसँग प्रचण्डले दुई घण्टा बढी छलफल गरेका थिए। थरुहट आन्दोलनका क्रममा वि.सं २०७२ भदौ ७ गते घटेको 'टीकापुर घटना'मा अदालतबाट दोषी ठहर भएपछि अहिले चौधरी अहिले जेलमा रहेका छन्। 

भेटमा प्रचण्डले टीकापुर घटनामा पक्राउ परेकालाई आरोपीलाई रिहाईको लागि आफूले सक्दो प्रयत्न गर्ने प्रतिबद्धता जनाएका छन्। स्रोतका अनुसार प्रचण्डले भने,‘टीकापुर घटनाका आरोपीलाई रिहाईको लागि सक्दो प्रयत्न गर्छु। तपाईहरुको नागरिक उन्मुक्ति पार्टी सत्ता गठबन्धनमा आबद्ध हुनुहोस्।’

भेटमा चौधरीले टीकापुर घटना राजनीतिक भएकाले आरोपी रिहाई गर्नुपर्ने र लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्नुपर्ने लगायतका सर्त राखेका गरेका छन्। प्रचण्डसँग चौधरीले भने,‘टीकापुर घटनाका आरोपीलाई रिहाईको विषय त छदैँछ। टीकापुर घटनालाई राजनीतिक हिसाबले राज्यले हेर्नुपर्‍यो, हामीमाथि लगाइएका झुटा मुद्दा खारेज गर्नुपर्‍यो। लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्नुपर्‍यो।’


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी