२०८२, १९ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मोरङ– १ मा कांग्रेसका लिम्बू विजयी

२०७९, ११ मंसिर आईतवार ०८:१२

मङ्सिर ११, मोरङ | मोरङको क्षेत्र नं १ मा नेपाली कांग्रेसका डिगबहादुर लिम्बू विजयी हुनुभएको छ । नेकपा एमालेका घनश्याम खतिवडालाई पराजित गर्दै लिम्बू विजयी हुनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

निर्वाचन कार्यालयले शनिबार साझ घोषणा गरेको अन्तिम मतपरिणाममा विजयी लिम्वूले २५ हजार सात सय ९४ मत ल्याउदा खतिवडाले २५ हजार चार सय ६९ मत प्राप्त गर्नुभएको थियो । विसं २०७४ को निर्वाचनमा खतिवडाले लिम्बूलाई पराजित गर्नुभएको थियो भने २०७० मा लिम्बूले खतिवडालाई पराजित गर्नुभएको थियो ।


यस्तै प्रदेश सभा १९१० तर्फ नेकपा एमालेका उमाकान्त खनालले लोकतान्त्रिक वामगठबन्धनका तर्फबाट माओवादीका उम्मेदवार कुशल साम्वालाई तीन हजार पाँच सय २७ मतले पछि पार्दै विजय हासिल गर्नुभएको छ । एमालेका खनालले १३ हजार पाँच सय ३१ र साम्वाले १० हजार चार मत प्राप्त गर्नुभएको थियो ।

यस्तै प्रदेश १९२० मा पनि नेकपा एमालेका खड्गबहादुर बस्नेतले लोकतान्त्रिक वामगठबन्धनका एकीकृत समाजवादीका उम्मेदवार उपेन्द्रप्रसाद घिमिरेलाई ६ सय ७६ मतले पछि पार्दै विजयी हासिल गर्नुभएको छ ।

एमालेका बस्नेतले १४ हजार पाँच सय ३९ मत प्राप्त गर्नुभएको छ । भने प्रदेश नं १ का सूचना तथा सञ्चारमन्त्रीसमेत रहनुभएका घिमिरेले १३ हजार आठ सय ६३ मत प्राप्त गर्नुभएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल