१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मोरङ– १ मा कांग्रेसका लिम्बू विजयी

११ मंसिर २०७९, आईतवार ०८:१२

मङ्सिर ११, मोरङ | मोरङको क्षेत्र नं १ मा नेपाली कांग्रेसका डिगबहादुर लिम्बू विजयी हुनुभएको छ । नेकपा एमालेका घनश्याम खतिवडालाई पराजित गर्दै लिम्बू विजयी हुनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

निर्वाचन कार्यालयले शनिबार साझ घोषणा गरेको अन्तिम मतपरिणाममा विजयी लिम्वूले २५ हजार सात सय ९४ मत ल्याउदा खतिवडाले २५ हजार चार सय ६९ मत प्राप्त गर्नुभएको थियो । विसं २०७४ को निर्वाचनमा खतिवडाले लिम्बूलाई पराजित गर्नुभएको थियो भने २०७० मा लिम्बूले खतिवडालाई पराजित गर्नुभएको थियो ।


यस्तै प्रदेश सभा १९१० तर्फ नेकपा एमालेका उमाकान्त खनालले लोकतान्त्रिक वामगठबन्धनका तर्फबाट माओवादीका उम्मेदवार कुशल साम्वालाई तीन हजार पाँच सय २७ मतले पछि पार्दै विजय हासिल गर्नुभएको छ । एमालेका खनालले १३ हजार पाँच सय ३१ र साम्वाले १० हजार चार मत प्राप्त गर्नुभएको थियो ।

यस्तै प्रदेश १९२० मा पनि नेकपा एमालेका खड्गबहादुर बस्नेतले लोकतान्त्रिक वामगठबन्धनका एकीकृत समाजवादीका उम्मेदवार उपेन्द्रप्रसाद घिमिरेलाई ६ सय ७६ मतले पछि पार्दै विजयी हासिल गर्नुभएको छ ।

एमालेका बस्नेतले १४ हजार पाँच सय ३९ मत प्राप्त गर्नुभएको छ । भने प्रदेश नं १ का सूचना तथा सञ्चारमन्त्रीसमेत रहनुभएका घिमिरेले १३ हजार आठ सय ६३ मत प्राप्त गर्नुभएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह