एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी समेतलाई आउट गरेर नयाँ सरकार !

Posted on: 27 Nov, 2022

मङ्सिर ११, काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाणले पाँच दलीय गठबन्धनको सरकार बन्ने बताएका छन् । रुपन्देहीको भैरहवामा आइतबार बिहान भएको पाँच दलीय गठबन्धनको बैठकमा उनले अबको सरकार पाँच दलीय गठबन्धन मिलेर बनाउने बताए । खाणले अबको सरकार पाँच वर्षसम्म रहने समेत दावी गरे ।

खाणले अबको सरकारमा जान नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको छलफल हुनेछ । 

रुपन्देही ३ मा राप्रपाका उम्मेदवार दीपक बोहोरासँग पराजित भएका खाणले निर्वाचनमा पराजयलाई सहजतापूवक लिन गाह्रो हुने तर आफू कृष्णप्रसाद भट्टराईको स्कुलिङमा हुर्केको हुँदा जनताको अभिमतलाई सहर्ष स्वीकार गर्ने बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!