१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बहालवाला मन्त्रीलाई नै पराजित गर्दै इतिहास कायम गर्ने यी हुन् स्वतन्त्र पार्टीका विजेता

११ मंसिर २०७९, आईतवार ०९:४२

मङ्सिर ११, काठमाडौँ | मतदाताको मन कतिबेला बदलिन्छ र त्यसले राजनीतिमा कतिबेला फेरबदल ल्याइदिन्छ भन्ने कुरा मतगणना भएपछि मात्रै थाहा हुँदोरहेछ । त्यसको सामान्य झलक निर्वाचन अगाडि नै देखिने भए पनि खास स्वरुप भने मतगणनामा देखिन्छ । 

राजनीतिक दल र तिनले आफ्नो ठानेको क्षेत्रमा समेत पत्यारै नलाग्ने खालका नतिजा यसपटकको निर्वाचनमा देखिएको छ । सोच्दै नसोचेका उम्मेदवारले लोभलाग्दो सफलता हासिल गरेका छन् । मतदाताको स्वभाव र चाहनालाई ख्याल गर्ने उम्मेदवारले जित निकालेका छन् भने परम्परागत रुपमा निर्वाचनको समयमा मात्रै पुगेका उम्मेदवारले नराम्रो पराजय भोग्नुपरेको छ । 


प्रतिनिधिसभा र प्रदेशसभाको यस पटकको निर्वाचनमार्फत उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्यक्षतर्फ सात स्थानमा जीत निकालेको छ । राजनीतिमा दिग्गज ठानिएका र लामो समयदेखि नेपाली राजनीतिमा स्थापित हस्तीलाई समेत सो पार्टीका उम्मेदवारले पराजित गरिदिएका छन् । त्यतिमात्रै नभइ कतिपय उम्मेदवारले त बहालवाला मन्त्रीलाई हराएर नयाँ इतिहास कायम गरेका छन् । 

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारसँग पराजित हुनेमा ललितपुर क्षेत्र नं ३ बाट बहालवाला ऊर्जा, जलस्रोत तथा सिञ्चाइमन्त्री पम्फा भुसाल, काठमाडौँ क्षेत्र नं ८ मा संस्कति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ र चितवन क्षेत्र नं २ मा राज्यमन्त्री उमेश श्रेष्ठ पराजित हुनुभयो । 

राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट काठमाडौँ क्षेत्र नं ६ मा शिशिर खनाल १४ हजार दुई सय चार मतसहित निर्वाचित हुँदा नेकपा(एमाले)का उम्मेदावर सर्वेन्द्र खनालले आठ हजार नौ सय ११ मत प्राप्त गरी उपविजेतामा सीमित रहनुभयो । सोही क्षेत्रबाट उम्मेदवार रहनुभएका सत्तागठबन्धनका उम्मेदवार तथा पूर्वमन्त्री भीमसेनदास प्रधानले तेस्रो स्थानमा चित्त बुझाउनुभयो । प्रधानले आठ हजार आठ सय पाँच मत प्राप्त गर्नुभयो । 

चितवन क्षेत्र नं १ लाई प्रमुख राजनीतिक दलले आफ्नो प्रभाव रहेको क्षेत्रका रुपमा चर्चा गर्ने गरेका थिए । सोही क्षेत्रमा नेपाली समाजमा प्रचलित लोकोक्ति ‘नपत्याउने खोला’ ले बगाउँछ भने जस्तै भयो । राष्ट्रिय योजना आयोगका उपाध्यक्षबाट राजीनामा दिएर चुनावी मैदानमा खडा हुनुभएका विश्वनाथ पौडेल पराजित हुनुभयो । 

कांग्रेसका उम्मेदवार पौडेलमात्रै नभइ पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले पनि नमिठो पराजय भोग्नुप¥यो । स्वतन्त्र पार्टीका हरि ढकालले ३४ हजार एक सय ८९ मत प्राप्त गरी विजयी हुँदा कांग्रेसका पौडेलले २४ हजार नौ सय ९० मत र एमालेका उपाध्यक्षसमेत रहनुभएका पाण्डेले २६ हजार छ सय आठ मत प्राप्त गर्नुभयो । 

काठमाडौँ क्षेत्र नं ७ मा त्यस्तै भयो । निर्वाचन अगाडि नामै नसुनिएका गणेश पराजुली आठ हजार सात सय ४३ मत प्राप्त गरी विजयी हुनुभयो । स्वतन्त्र पार्टीका पराजुली विजय हुँदा एमालेका श्यामकुमार घिमिरेले छ हजार आठ सय र माओवादी केन्द्रका मानुषी यमी भट्टराईले छ हजार ६३ मत प्राप्त गर्नुभयो । 

काठमाडौँ क्षेत्र नं ८ मा अप्रत्यासित नतिजा यसपटकको निर्वाचनमा आयो । बहालवालामन्त्री नै पराजित हुनुप¥यो । स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठले १० हजार एक सय १२ मत प्राप्त गरी विजयी हुँदा स्थानीय तहको निर्वाचनताका चर्चित उम्मेदवार हाम्रो नेपाली पार्टीका सुमन सायमीले छ हजार एक सय ७९ मत प्राप्त गर्नुभयो । सो क्षेत्रमा एमालेका उम्मेदवार शिवसुन्दर राजवैद्यले तीन हजार आठ सय ९१ मत प्राप्त गर्नुभयो । बहालवाला मन्त्रीसमेत रहनुभएका मन्त्री श्रेष्ठ तेस्रो स्थानमा रही चार हजार आठ सय ८१ मत प्राप्त गर्नुभयो । 

स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका रवि लामिछानेले ४९ हजार दुई सय ६४ मत ल्याई निर्वाचित हुँदा उहाँका प्रतिस्पर्धीसमेत रहनुभएका कांग्रेसका श्रेष्ठले १४ हजार नौ सय ८३ मत र एमालेका कृष्णभक्त पोखरेलले १४ हजार छ सय ४७ मत प्राप्त गर्नुभयो । 

पूर्व सभामुख ओनसरी घर्तीलाई चौँथो स्थानमा सीमित गरेर काठमाडौँ क्षेत्र नं २ बाट निर्वाचित हुनेमा पर्नुहुन्छ स्वतन्त्र पार्टीकै सोविता गौतम । उहाँले १५ हजार दुई सय ३८ मत प्राप्त गर्दा एमालेका मणिराम फुँयालले ११ हजार पाँच सय ६६ मत, राप्रपाका कुन्तीदेवी पोखरेलले ११ हजार २४ मत र माओवादीका उम्मेदवार घर्तीले नौ हजार चार सय ५९ मत प्राप्त गर्नुभयो । 

ललितपुर क्षेत्र नं ३ बाट विजयी तोसिमा कार्कीले ३१ हजार एक सय ३६ मत प्राप्त गर्नुभयो । दोस्रो स्थानमा एमालेका अमृत खड्काले १२ हजार नौ सय ६३ मत र तेस्रो स्थानमा चित्त बुझाउँदै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री समेत रहनुभएका भुसालले आठ हजार सात सय ६९ मत प्राप्त गर्नुभयो । समानुपातिकतर्फ स्वतन्त्र पार्टीले अपराह्न ३ बजेसम्म कूल नौ लाख ५८ हजार सात सय तीन मत प्राप्त गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै