समानुपातिक मतगणना: माओवादीलाई उछिन्दै रास्वपा तेश्रो, कसको मत कति ?

Posted on: 27 Nov, 2022

मङ्सिर ११, काठमाडौँ । प्रतिनिधिसभा तर्फ अधिकांश स्थानहरुमा मतगणना सकिएको अवस्थामा समानुपातिक तर्फको मतगणनाको रफ्तार बढेको छ । यस्तैमा समानुपातिक तर्फ ९० लाख ९३ हजार ७६१ मत गणना हुँदा क्रमश एमाले, कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीले धेरै मत पाएका छन् । 

नेकपा एमालेले आइतबार ९:३० बजेसम्म २४ लाख ७८ हजार ५४४ मत प्राप्त गरेर पहिलो स्थानमा छ । त्यस्तै नेपाली कांग्रेसले २३ लाख ५६ हजार १९० मत पाएर दोश्रो स्थानमा छ । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ४८ हजार ९०३ मत प्राप्त गरेर तेश्रो स्थानमा छ । 

त्यस्तै माओवादी केन्द्रले १० लाख ३७ हजार मत पाएर चौथो स्थानमा रहंदा पाँचौं पार्टीको रुपमा राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ३७ हजार ८०१ मत पाएको छ । 

त्यस्तै छैटौं स्थानमा रहेको जनता समाजवादी पार्टी नेपालले ३ लाख ९ हजार ५८६ मत पाउँदा सातौँ स्थानमा जनमत पार्टीले २ लाख ४३ हजार ४९४ मत प्राप्त गरेको छ । 

यता एकीकृत समाजवादी भने आठौँ स्थानमा छ । यो पार्टीले हालसम्म २ लाख ४१ हजार ८५७ मत पाएको छ । त्यस्तै नागरिक उन्मुक्ति पार्टीले २ लाख ३३ हजार ७७२ मत पाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!