मङ्सिर १२, काठमाडौँ | निर्वाचन आयोगले प्रतिनिधिसभाको समानुपातिकतर्फ हालसम्म कूल ९२ लाख ५७ हजार ८५० मत गणना भएको जनाएको छ । सोमबार बिहान ८:३० बजेको विवरणअनुसार नेकपा एमालेले २५ लाख २५ हजार मत पाएको पहिलो शीर्ष स्थान कायमै राखेको छ | दोस्रोमा रहेको कांग्रेसले २३ लाख ९२ हजार मत पाएर एमालेलाई पछ्याइरहेको छ ।
यस्तै तेस्रो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ६१ हजार मत पाएको छ | पाँचौ स्थानमा रहेको माओवादी केन्द्रले १० लाख ५६ हजार मत पाएको छ ।
माओवादीपछिको स्थानमा रहेको राप्रपाले ५ लाख ४४ हजार मत पाएको छ भने जसपाले ३ लाख १९ हजार, जनमत पार्टीले २ लाख ५६ हजार तथा नेकपा एकीकृत समाजवादी पार्टीले २ लाख ४९ हजार मत पाएको छ । यस्तै नागरिक उन्मुक्ति पार्टीले २ लाख ३७ हजार मत पाएको छ भने लोसपाल १ लाख २६ हजार मत सहित ११ औं स्थानमा रहेको छ । समानुपातकमा करिब १ करोड ९ लाख मत खसेको छ ।