१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गढ मानिने चितवन ३ मा कांग्रेस पाँचौँ

१२ मंसिर २०७९, सोमबार ०५:२२

मङ्सिर १२, चितवन | दोस्रो संविधानसभा निर्वाचनमा देशैभरमा सबैभन्दा सुरक्षित ठाउँ मानेर तत्कालीन नेपाली कांग्रेसका सभापति सुशील कोइराला चितवनको तत्कालिन क्षेत्र नं ४ बाट उम्मेदवार बन्नुभयो । भारी मतले उहाँ विजयी पनि हुनुभयो । उहाँले छाडेर उपनिर्वाचन हुँदा कांग्रेसका रामकृष्ण घिमिरेले पनि अत्याधिक  मतले विजयी हुनुभयो ।

हालको क्षेत्र नं ३ सोही क्षेत्र पर्दछ । विगत नौ वर्षमा सो क्षेत्रमा कांग्रेसको प्रभाव निरन्तर ओरालो लाग्यो । यही  मङ्सिर ४ गते भएको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा समानुपातिकतर्फको मत परिणामअनुसार कांग्रेस सो क्षेत्रमा पाँचौँ हुन पुगेको छ । चितवन ३ मा समानुपातिका ९४ हजार दुई सय ८० मत सदर हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीले २८ हजार चार सय एक मत प्राप्त गरेर पहिलो बनेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले १६ हजार सात सय ५५ मत प्राप्त गरी दोस्रो बनेको छ भने नेकपा (माओवादी केन्द्र)ले १६ हजार ८९ प्राप्त गरी तेस्रो भएको छ । नेकपा (एमाले)ले १४ हजार पाँच सय २२ मत प्राप्त गरेर चौँथो र काङ्ग्रेसले १० हजार पाँच सय २१ मत प्राप्त गरी पाँचौँ स्थानमा पुगेको छ ।

सो क्षेत्रमा कांग्रेसले झण्डै ४० हजार र एमालेले ३० हजार हाराहारी मत भएको दाबी गर्दै आएका थिए । समग्र जिल्लामा पहिलो पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी बन्न सफल भएको छ । समानुपातिक मत परिणामअनुसार एमाले दोस्रो र काङ्ग्रेस तेस्रो भएका हुन् ।

जिल्लामा कूल खसेको समानुपातिक मतको ३६ प्रतिशत मत पाएर स्वतन्त्र पार्टी पहिलो पार्टी बनेको हो । समानुपातिकमा एमालेले २० प्रतिशत, कांग्रेसले १४ प्रतिशत, माओवादीले केन्द्रले ११ प्रतिशत, राप्रपाले नौ प्रतिशत र नेकपा (एकीकृत समाजवादी)ले दुई प्रतिशत मत पाएका छन् । निर्वाचन आयोगका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले ९९ हजार ३७ मत पाउँदा एमालेले ५५ हजार तीन सय १२, नेपाली कांग्रेसले ३९ हजार एक सय ३०, माओवादी केन्द्र्रले २९ हजार चार सय ६१, राप्रपाले २५ हजार ५५ र नेकपा (एकीकृत समाजवादी)ले चार हजार नौ सय छ मत प्राप्त गरेका छन् ।

क्षेत्र नम्बर १ मा ९५ हजार तीन सय ९९ मतमा स्वतन्त्र पार्टीले ३४ हजार छ सय ९१ मत प्राप्त गरेको छ । एमालेले २४ हजार छ, कांग्रेसले १६ हजार छ सय ९५,माओवादी केन्द्रले चार हजार नौ सय ६५, राप्रपाले पाँच हजार ८२ र नेकपा एकीकृत समाजवादीले तीन हजार पाँच सय १८ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी नवीनराज रुवालीले जानकारी दिनुभयो ।

चितवन २ मा ८२ हजार नौ सय ३४ मतमध्ये राष्ट्रिय स्वतन्त्र पार्टीले ३५ हजार नौ सय ४५ मत पाएको छ । एमालेले १६ हजार सात सय ८४ मत पाएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार कांग्रेसले ११ हजार नौ सय १४, नेकपा माओवादी केन्द्रले आठ हजार चार सय सात, राष्ट्रिय प्रजातन्त्र पार्टीले तीन हजार दुई सय १८ र  एकीकृत समाजवादीले छ सय १६ मत पाएको छ ।

जिल्लामा पुराना एवं ठूला पार्टीले नयाँ र साना दलसँग प्रतिनिधिसभामा प्रत्यक्षतर्फ जित निकाल्न नसके पनि समानुपातिकमा समेत यसको प्रभाव देखिएको छ । प्रत्यक्षमा दुई क्षेत्र राष्ट्रिय स्वतन्त्र पार्टी र एक क्षेत्र राप्रपाले जितेका छन् । प्रदेशसभामा एमालेले दुई र कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राप्रपाले एक एक क्षेत्र जितेका छन् ।

कांग्रेस चितवनका सभापति राजेश्वर खनालले संघ र जिल्ला तहमा गठबन्धन गरिए पनि मतदाताले अस्वीकार गर्दा पार्टीले मत कम पाएको बताउनुभयो । जिल्लामा रुष्ट बनेका दलका कार्यकर्ताले फरक उम्मेदवारलाई मतदान गरेपछि पहिले पहिले निर्वाचन जितेका दलहरु अहिले निकै कमजोर देखिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै