२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एक हजार सूचिकृत बेरोजगारलाई रोजगार उपलव्ध गराइने

२०७९, १२ मंसिर सोमबार ०७:०४

मङ्सिर १२, मोरङ । मोरङको कटहरी गाउँपालिकामा सूचिकृत  एक हजार  ३९ जना बेरोजगारलाई रोजगार उपलव्ध गराइने  भएको छ।

कटहरी गाउँपालिका,नेपाल उद्योगबाणिज्य महासङ्घ र हेल्भेटासद्वारा संयुक्त्त रुपमा कटहरीको –१ स्थित फलफुल तथा कृषि थोक वजारमा यही मङ्सीर १२ गते आयोजना हुने एक दिने ‘रोजगार मेला’ मार्फत रोजगार लगाइने भएको छ।

पालिकाका अध्यक्ष देवराज चौधरीले आज आयोजित पत्रकार सम्मेलनमा वैदेशिक रोजगारबाट फर्किएका, स्वदेशमा कामको खाजीमा रहेका तथा प्राविधिक एवं उच्च शिक्षा अध्ययन गरी वसेको युवाहरुलाई रोजगार उपलव्ध गराउनका मेलाको आयोजना  गरिएको बताउनु भयो ।

उद्योगहरुलाई आवश्यक पर्ने जनशक्त्तिलाई चाहिने शिप एवं तालीम समेत पालिकाले उपलव्ध गराउने उहाँले जानकारी दिनु भयो । स्वदेशी दक्ष जनशक्त्तिलाई स्थानीय उद्योगमा व्यवस्थापन गर्नु मेलाको मुख्य उद्देश्य रहेको छ।

महासङ्घ आवद्ध मोरङ,सुनसरी र झापाको १५ उद्योगीहरुले चाहिने जनशक्तिका सम्बन्धमा १० बटा स्टलमार्फत जानकारी गराइने छ ।  मेलामा तीन हजार युवाहरुको सहभागिता रहने विश्वास गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल