२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रत्यक्षमा कांग्रेसभन्दा ११ सिटले पछि एमाले समानुपातिकमा लाखभन्दा बढी मतले अगाडि

२०७९, १२ मंसिर सोमबार १०:४३

मङ्सिर १२, काठमाडौँ । प्रतिनिधिसभा प्रत्यक्ष (पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली) तर्फ नेकपा एमालेभन्दा अघि (पहिलो नम्बरमा) रहेको नेपाली कांग्रेस समानुपातिकतर्फ भने एमालेभन्दा पछि अर्थात् दोस्रो स्थानमा छ। 

प्रत्यक्षतर्फ अहिलेसम्म ५३ सिटका साथ कांग्रेस पहिलो नम्बरमा छ भने ४२ सिट जित्दै एमाले दोस्रो स्थानमा छ। अझै ७ क्षेत्रको नजिता आउन बाँकी छ।  


समानुपातिकतर्फ भने नेकपा एमाले कांग्रेसभन्दा अघि अर्थात् प्रथम स्थानमा छ। 

पछिल्लो मत परिणामसम्म कांग्रेसभन्दा एमाले १ लाख ३४ हजार ४ सय ८३ मतले अगाडि छ। एमालेले अहिलेसम्म २५ लाख ४१ हजार २ सय १४ मत ल्याएको छ भने कांग्रेसले २४ लाख ४ हजार ६ सय ७७ मत पाएको छ। 

निर्वाचन आयोगले अहिलेसम्म ९३ लाख ३६ हजार ९ सय ५४ मत गनिसकिएको जानकारी दिएको छ।  

यति संख्यामा समानुपातिक मत गनिसक्दा तेस्रो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले  १० लाख ७१ हजार ४ सय १७ मत प्राप्त गरेको छ भने चौथो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले यो खबर तयार पार्दासम्म १० लाख ६४ हजार ४ सय ३९ मत ल्याएको छ। 

समानुपातिकमा पाँचौँ स्थानमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ४५ हजार ९ सय ८६ तथा छैटौँ स्थानमा जनता समाजवादी पार्टीले ३ लाख ३० हजार ३ सय ८५ मत ल्याएको छ। अहिलेसम्म यी ६ दलले राष्ट्रिय दलको मान्यता पाउने निश्चित भएको छ। बाँकी दलले थ्रेसहोल्ड (३ लाख २० हजार समानुपातिक मत) कटाउन सकेका छैनन्। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल