भदौ ३१, नयाँदिल्ली । भारतको चारदिने राजकीय औपचारिक भ्रमणमा  रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले ‘गार्ड अफ अनर’ ग्रहण &n"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ३१, नयाँदिल्ली । भारतको चारदिने राजकीय औपचारिक भ्रमणमा  रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले ‘गार्ड अफ अनर’ ग्रहण &n"/>
२०८२, १३ चैत्र शुक्रबार
काठमाडौँ - KTM

प्रधानमन्त्री दाहाललाई गार्ड अफ अनर प्रदान, समकक्षी मोदीद्वारा स्वागत

२०७३, ३१ भाद्र शुक्रबार ०५:४५

भदौ ३१, नयाँदिल्ली । भारतको चारदिने राजकीय औपचारिक भ्रमणमा  रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले ‘गार्ड अफ अनर’ ग्रहण  गरेका छन् ।

भारतीय राष्ट्रपति भवनमा आज विहान आयोजना गरिएको विशेष समारोहमा प्रधानमन्त्री दाहाललाई उक्त सम्मानमा भारतीय सेनाको विशेष टुकडीले सम्मान गारत अर्पण गरेको थियो । समारोहमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री दाहालसँग हात मिलाउनुका साथै नेपाली प्रतिनिधिण्डलसँग परिचय गरेका थिए । 

प्रधानमन्त्री दाहाल केहीबेरमा महात्मा गान्धी समाधिस्थल राजघाट जाने कार्यक्रम रहेको छ । आज दिनभर उच्चस्तरीय राजनीतिक भेटघाटमा व्यस्त  हुने बताइएको छ । आजै, प्रधानमन्त्री दाहालले भारतका राष्ट्रपति प्रणव मुखर्जी र प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटघाट गर्ने कार्यतालिका रहेको छ । 

बिहीबार नयाँ दिल्ली आउनुभएका प्रधानमन्त्री दाहाललाई भारतको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशमन्त्री सुष्मा स्वराजले स्वागत  गरेका थिए । प्रधानमन्त्री दाहाल, उनकी धर्मपत्नी सीता दाहाल भारतका राष्ट्रपतिको निवास राष्ट्रपति भवनमा  रहेका छन् । 

प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलका सदस्यमा परराष्ट्रमन्त्री डा प्रकाशशरण महत, भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रमेश लेखक, सांसदलगायत रहेका छन् । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु