भदौ ३१, नयाँदिल्ली । भारतको चारदिने राजकीय औपचारिक भ्रमणमा  रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले ‘गार्ड अफ अनर’ ग्रहण &n"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ३१, नयाँदिल्ली । भारतको चारदिने राजकीय औपचारिक भ्रमणमा  रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले ‘गार्ड अफ अनर’ ग्रहण &n"/>
१ माघ २०८२, बुधबार
काठमाडौँ - KTM

प्रधानमन्त्री दाहाललाई गार्ड अफ अनर प्रदान, समकक्षी मोदीद्वारा स्वागत

३१ भाद्र २०७३, शुक्रबार ०५:४५

भदौ ३१, नयाँदिल्ली । भारतको चारदिने राजकीय औपचारिक भ्रमणमा  रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले ‘गार्ड अफ अनर’ ग्रहण  गरेका छन् ।

भारतीय राष्ट्रपति भवनमा आज विहान आयोजना गरिएको विशेष समारोहमा प्रधानमन्त्री दाहाललाई उक्त सम्मानमा भारतीय सेनाको विशेष टुकडीले सम्मान गारत अर्पण गरेको थियो । समारोहमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री दाहालसँग हात मिलाउनुका साथै नेपाली प्रतिनिधिण्डलसँग परिचय गरेका थिए । 

प्रधानमन्त्री दाहाल केहीबेरमा महात्मा गान्धी समाधिस्थल राजघाट जाने कार्यक्रम रहेको छ । आज दिनभर उच्चस्तरीय राजनीतिक भेटघाटमा व्यस्त  हुने बताइएको छ । आजै, प्रधानमन्त्री दाहालले भारतका राष्ट्रपति प्रणव मुखर्जी र प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटघाट गर्ने कार्यतालिका रहेको छ । 

बिहीबार नयाँ दिल्ली आउनुभएका प्रधानमन्त्री दाहाललाई भारतको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशमन्त्री सुष्मा स्वराजले स्वागत  गरेका थिए । प्रधानमन्त्री दाहाल, उनकी धर्मपत्नी सीता दाहाल भारतका राष्ट्रपतिको निवास राष्ट्रपति भवनमा  रहेका छन् । 

प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलका सदस्यमा परराष्ट्रमन्त्री डा प्रकाशशरण महत, भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रमेश लेखक, सांसदलगायत रहेका छन् । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव