२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सर्वोच्चको गेट अगाडि रातो रंग फ्याँक्ने युवती को हुन् ?

२०७९, १३ मंसिर मंगलवार ०६:३३

मङ्सिर १३, काठमाडौँ | आज मंगलबार बिहान सर्वोच्च अदालत अगाडि एउटा ट्याक्सी रोकियो । त्यो ट्याक्सीबाट सेतो पहिरन लगाएकी एक युवती ओर्लिइन् र रातो रंगको घोल राखिएको बट्टा सर्वोच्चको गेट अगाडि फ्याँकिन् । त्यसपछि ‘मलाई न्याय चाहियो’ भन्दै चिच्याउन थालिन् । त्यसलगत्तै प्रहरीहरुले नियन्त्रणमा लिएर उनलाई भ्यानमा राखे ।


यसरी न्याय माग्ने युवती हुन् सिरहाकी बिनु यादव । श्रीमानबाट हिंसामा पर्दा पनि न्याय नपाएको भन्दै संघर्षरत उनले आज बिहान सर्वोच्च अदालत अगाडि रातो रंग फ्याँकेर विरोध जनाइन् ।

प्रहरीले नियन्त्रणमा लिएर भ्यानमा राखेपछि उनले भनिन्, ‘सबै बिक्यो, अदालत बिक्यो, न्यायाधीश बिक्यो, मैले कहाँबाट न्याय पाउने ? १६ दिने अभियान चलाइराख्दा खै पीडितलाई न्याय ?’


विरोध जनाउन उनी सर्वोच्च अदालत आउन लागेको जानकारी पहिल्यै नै प्रहरी र सञ्चारकर्मीहरुले पाइसकेका थिए । त्यही भएर प्रहरीहरुको तैनाथी बढाइएको थियो ।

बिनु यादवको मुद्दा पाटन उच्च अदालतमा विचाराधीन छ । उनले केही महिना अगाडि रामेछाप जिल्ला अदालतको इजलासमै विष सेवन गरेर आत्महत्या प्रयाससमेत गरेकी थिइन् ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल