२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विश्वकप फुटबल : अर्जेन्टिना सहित यी देश जो छन् ‘रेड जोन’ मा

२०७९, १३ मंसिर मंगलवार ०८:२२

मङ्सिर १३, काठमाडौँ | कतारमा जारी २२औं संस्करकणको विश्वकप फुटबलमा सहभागी ३२ वटै राष्ट्रले आफ्नो दोस्रो खेल खेलिसकेका छन्। 

प्रत्येक समूहमा चार देशका दरले आठ समूह बनाएर समूह चरणको खेल भइरहेको छ। आज मंगलबारबाट भने समूह चरणका तेस्रो खेल सुरु हुँदैछन्। 

तेस्रो चरणको खेल सुरु हुन लाग्दा उपाधि दाबेदारको रुपमा हेरिएका हेबिवेट टिम भने अहिले संकटमा परेका छन्। समूह चरण पार्न गर्नकै लागि उनीहरुले ठूलो संघर्ष गर्नुपर्ने देखिन्छ। 

1140×725

रेड जोनमा रहेका चार हेभिवेट टिम हुन्, अर्जेन्टिना, जर्मनी, बेल्जियम र उरुग्वे। समूह ‘सी’ को अर्जेन्टिनाले अहिले समूह चरण पार्न नै संकट परेको छ। पहिलो खेल साउदी अरेबियासँग हारेपछि अर्जेन्टिना चर्को दबाबमा आएको थियो। दोस्रो खेलमा भने मेक्सिकोलाई २–० गोलले हराएपछि अर्को चरणको आशा अर्जेन्टिनाले बाँकी नै राखेको छ। 

यो समूहबाट ४ अंकसहित पोल्याण्ड शिर्ष स्थानमा छ। अर्जेन्टिना र साउदीको समान ३–३ अंक छ। मेक्सिकोको भने १ अंक छ। 

यी चारै टोलीको अर्को चरण प्रवेशको सम्भावना कायमै छ। अर्को चरणमा प्रवेश गर्नका लागि आफ्नो अन्तिम खेलमा पोल्याण्डलाई हराउँनै पर्ने अवस्थामा अर्जेनिन्टना। पोल्याण्डविरुद्ध जित ननिकालेको अवस्थामा भने साउदी र मेस्किकोको नतिजामा भर पर्नुपर्ने अवस्थामा अर्जेन्टिना छ।

त्यसैगरी अर्को हेभिवेट राष्ट्र जर्मनी पनि संकटमा छ। स्पेनसँग बराबरी खेल्दै जम्मा १ अंक जोडेर जर्मनी आफ्नो समूहको पुछारमा छ। यो समूहबाट ४ अंकसहित स्पेन शिर्ष स्थानमा समान ३ अंक जोडेर जापान र कोस्टारिका दोस्रो र तेस्रो स्थानमा छन्। 

अर्को चरणमा जान जर्मनीले कोस्टारिकालाई हराउनै पर्ने हुन्छ। तर यतिले मात्रै जर्मनीलाई पुग्दैन। उसले स्पेन र जापानको नतिजामा समेत भर पर्नुपर्ने देखिन्छ।

अर्को बलियो टोली बेल्जियम पनि मोरक्कोसँगको अप्रत्यासित हारका कारण संकटमा परेको छ। एक खेलमा जित र एक खेलमा हार ब्यहोरेको बेल्जियमको ३ अंक छ। क्रोएसिया र मोरक्को समान ४–४ अंक जोड्दै पहिलो र दोस्रो स्थानमा छन्। लगातार २ खेल हारेर यो समूहबाट क्यानडा बाहिरिइसकेको छ।

नकआउट चरण प्रवेशका लागि बेल्जियमलाई क्रोएसियासँगको अन्तिम खेल जित्नैपर्ने हुन्छ। क्रोएसियासँग हारेको अवस्थामा बेल्जियम बाहिरिने छ। यता क्रोएसियालाई भने बेल्जियमसँग बराबरी खेले मात्रै पुग्छ।

बलियो टोली उरुग्वे पनि अहिले संकटमा गुज्रिएको छ। दुई खेलमा एकमा हार र एकमा बराबरी खेलेर जम्मा एक अंक मात्रै उरुग्वेले जोडेको छ। यो समूहबाट दुई खेल जित्दै पोर्चुगल नकआउट चरणमा पुगिसकेको छ।

घाना ३ अंकसहित दोस्रो स्थानमा छ। घाना, साउद कोरिया र उरुग्वेको अर्को चरण जाने सम्भावना कायमै छ। तर सबैभन्दा अफ्ठ्यारोमा उरुग्वे र दक्षिण कोरिया छन्। उरुग्वेलाई अर्को चरण प्रवेशका लागि घानालाई हराउनै पर्ने हुन्छ। घानाले भने बराबरी खेलमात्रै पनि अर्को चरणमा पुग्छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल