१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विश्वकप फुटबल : अर्जेन्टिना सहित यी देश जो छन् ‘रेड जोन’ मा

१३ मंसिर २०७९, मंगलवार ०८:२२

मङ्सिर १३, काठमाडौँ | कतारमा जारी २२औं संस्करकणको विश्वकप फुटबलमा सहभागी ३२ वटै राष्ट्रले आफ्नो दोस्रो खेल खेलिसकेका छन्। 

प्रत्येक समूहमा चार देशका दरले आठ समूह बनाएर समूह चरणको खेल भइरहेको छ। आज मंगलबारबाट भने समूह चरणका तेस्रो खेल सुरु हुँदैछन्। 

तेस्रो चरणको खेल सुरु हुन लाग्दा उपाधि दाबेदारको रुपमा हेरिएका हेबिवेट टिम भने अहिले संकटमा परेका छन्। समूह चरण पार्न गर्नकै लागि उनीहरुले ठूलो संघर्ष गर्नुपर्ने देखिन्छ। 

1140×725

रेड जोनमा रहेका चार हेभिवेट टिम हुन्, अर्जेन्टिना, जर्मनी, बेल्जियम र उरुग्वे। समूह ‘सी’ को अर्जेन्टिनाले अहिले समूह चरण पार्न नै संकट परेको छ। पहिलो खेल साउदी अरेबियासँग हारेपछि अर्जेन्टिना चर्को दबाबमा आएको थियो। दोस्रो खेलमा भने मेक्सिकोलाई २–० गोलले हराएपछि अर्को चरणको आशा अर्जेन्टिनाले बाँकी नै राखेको छ। 

यो समूहबाट ४ अंकसहित पोल्याण्ड शिर्ष स्थानमा छ। अर्जेन्टिना र साउदीको समान ३–३ अंक छ। मेक्सिकोको भने १ अंक छ। 

यी चारै टोलीको अर्को चरण प्रवेशको सम्भावना कायमै छ। अर्को चरणमा प्रवेश गर्नका लागि आफ्नो अन्तिम खेलमा पोल्याण्डलाई हराउँनै पर्ने अवस्थामा अर्जेनिन्टना। पोल्याण्डविरुद्ध जित ननिकालेको अवस्थामा भने साउदी र मेस्किकोको नतिजामा भर पर्नुपर्ने अवस्थामा अर्जेन्टिना छ।

त्यसैगरी अर्को हेभिवेट राष्ट्र जर्मनी पनि संकटमा छ। स्पेनसँग बराबरी खेल्दै जम्मा १ अंक जोडेर जर्मनी आफ्नो समूहको पुछारमा छ। यो समूहबाट ४ अंकसहित स्पेन शिर्ष स्थानमा समान ३ अंक जोडेर जापान र कोस्टारिका दोस्रो र तेस्रो स्थानमा छन्। 

अर्को चरणमा जान जर्मनीले कोस्टारिकालाई हराउनै पर्ने हुन्छ। तर यतिले मात्रै जर्मनीलाई पुग्दैन। उसले स्पेन र जापानको नतिजामा समेत भर पर्नुपर्ने देखिन्छ।

अर्को बलियो टोली बेल्जियम पनि मोरक्कोसँगको अप्रत्यासित हारका कारण संकटमा परेको छ। एक खेलमा जित र एक खेलमा हार ब्यहोरेको बेल्जियमको ३ अंक छ। क्रोएसिया र मोरक्को समान ४–४ अंक जोड्दै पहिलो र दोस्रो स्थानमा छन्। लगातार २ खेल हारेर यो समूहबाट क्यानडा बाहिरिइसकेको छ।

नकआउट चरण प्रवेशका लागि बेल्जियमलाई क्रोएसियासँगको अन्तिम खेल जित्नैपर्ने हुन्छ। क्रोएसियासँग हारेको अवस्थामा बेल्जियम बाहिरिने छ। यता क्रोएसियालाई भने बेल्जियमसँग बराबरी खेले मात्रै पुग्छ।

बलियो टोली उरुग्वे पनि अहिले संकटमा गुज्रिएको छ। दुई खेलमा एकमा हार र एकमा बराबरी खेलेर जम्मा एक अंक मात्रै उरुग्वेले जोडेको छ। यो समूहबाट दुई खेल जित्दै पोर्चुगल नकआउट चरणमा पुगिसकेको छ।

घाना ३ अंकसहित दोस्रो स्थानमा छ। घाना, साउद कोरिया र उरुग्वेको अर्को चरण जाने सम्भावना कायमै छ। तर सबैभन्दा अफ्ठ्यारोमा उरुग्वे र दक्षिण कोरिया छन्। उरुग्वेलाई अर्को चरण प्रवेशका लागि घानालाई हराउनै पर्ने हुन्छ। घानाले भने बराबरी खेलमात्रै पनि अर्को चरणमा पुग्छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह