१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

समानुपातिकतर्फ ९८ लाख मत गन्दा कुन दललाई कति ?

१३ मंसिर २०७९, मंगलवार ०९:१५

मङ्सिर १३, काठमाडौँ | गत मंसिर ४ गते भएको आम निर्वाचनको मतगणना जारी छ । प्रतिनिधिसभाको समानुपातिकतर्फको आज मंगलबार २:३० बजेसम्म कुल ९८ लाख ०५ हजार ९३२ मत गणना हुँदा नेकपा एमालेको अग्रता कायमै छ । एमालेले २६ लाख ४२ हजार ७३७ मत प्राप्त गरी पहिलो स्थानमा कायम राखेको हो ।

त्यस्तै नेपाली कांग्रेसले २४ लाख ९८ हजार ५०७ मत प्राप्त गर्दै दोस्रो स्थानमा रहि एमालेलाई पछ्याइरहेको छ त्यसैगरी नेकपा (माओवादी केन्द्र)ले ११ लाख २७ हजार ६७० मतका साथ तेस्रो स्थानमा रहेको छ ।

नवगठित राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ८५ हजार ५४० मत प्राप्त​ गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टी ५ लाख ५९ हजार ०५० मत पाएको छ । जनता समाजवादी पार्टी नेपालले ३ लाख ७६ हजार २५८ ,जनमत पार्टी ३ लाख ३२ हजर ९७५ मत प्राप्त गर्दै राष्ट्रिय दल बन्न सफल बन्दा  र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) २ लाख ७६ हजार ८९१ मतका साथ राष्ट्रिय दल बन्न संघर्ष गरिरहेका छन् ।

नागरिक उन्मुक्ति पार्टीले २ लाख ४६ हजार ८१ र लोकतान्त्रिक समाजवादी पार्टी नेपालले १ लाख ४१  हजार ९७१ मत प्राप्त गर्दा अन्य दलले एक लाख मत कटाउन सकेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह