२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

धाँधली, लुटलाट गरेर हामीलाई पहिलो पार्टी हुन दिइएन : ओली

२०७९, १३ मंसिर मंगलवार ११:०३

मङ्सिर १३, काठमाडौँ | नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धन दलले धाँधली लुटलाट गरेर एमालेलाई पहिलो पार्टी हुन नदिएको आरोप लगाएका छन् । मंगलबार नवनिर्वाचित एमालेका सांसदहरुलाई सम्वोधन गर्दै उनले दोस्रो स्थानमा रहेपनि एमाले ४९ सिटमा जाने अवस्था रहेकोमा अहिले ४४ सिट रहेको र बाँकी सिट एमालेको हातबाट फुत्काउने प्रयास भइरहेको दाबी गरेका हुन् ।


उनले कहीँ मान्छे मारेर, कहीँ बुथ लुटेर र गणनामा धाँधली गरेर ६ सिटको मत परिणाम आउन ढिलाइ भइरहेको बताए । राज्यसत्ताको दुरुपयोग गरेर विभिन्न स्वरूपमा धाँधली गरेको ओलीको आरोप छ । धाँधली नहुने हो भने एमाले धेरै सिटमा अगाडि हुने बताए । चर्को घेराबन्दी र चक्रव्यूहमा पनि नेपालको लोकप्रिय पार्टीको रूपमा एमाले हो भन्ने जनमतबाट स्थापित भएको उल्लेख गरे । गठबन्धन र अनेक किसिमका शक्ति लाग्दा पनि एमाले बलियो भएको दाबी गरे । एमालेलाई सरकार गठन हुन नदिन दौडधुप भइरहेको बताए । मतगणना नसकिँदै सरकार बनाउन दौडधुप गरिरहेको उल्लेख गरे ।

घण्टी पार्टीलाई कसले हावा भर्‍यो ?

ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीको उदय रहस्यमय रहेको टिप्पणी गरेका छन् । उनले अमेरिकामा रहेको पार्टीको दुरुस्तै नेपालमा कसरी भयो भन्दै प्रश्न गरे । उनले भने–‘संयोग नै भनौँ अमेरिकामा एउटा फ्रिडम पार्टी भन्ने छ । त्यसको चिन्ह घण्टी छ । फ्रिडम पार्टी अफ अमेरिका, त्यसको चिन्ह घण्टी छ । दुरुस्त आकारको, फोटो खिचेजस्तो दुरुस्त आकारको घण्टी चिन्ह यहाँपनि ल्याएको छ । फ्रिडम पार्टी भनेको छ, संयोग नै होला । अस्तिसम्म स्याप्पै थियो त्यो पार्टी, हावा नहाली कसरी हुप्प भयो ? केही त होला ।’

सुकुम्वासी बस्तीमा तमासा गरियो

यता ओलीले सुकुम्वासी बस्तीमा तमासा गरिएको टिप्पणी गरेका छन् । ओलीले अर्कै देशका नागरिकसँग झैँ व्यवहार गरेको बताए । ​नले सुकुम्वासी शान्त भएर खोला किनारमा बसेको बताउँदै उनले उनीहरूले केही नबिगारेको टिप्पणी गरे । उनले भने–‘सुकुम्वासी बस्तीमा तमासा गरियो । त्यहाँ तमासा गर्ने हाकिमहरूको भनाई पुलिसले हामीलाई मद्दत नै गरेन नत्र हामी जित्थ्यौँ । तिनीहरूलाई पराजित गर्थ्यौँ  हामी । त्यो बस्ती ध्वस्त बनाउँथ्यौँ हामी । शत्रु देशसँगको लडाइँको जस्तो तरिका, भाषा । त्यहाँ कुन शत्रु बसेका छन् ? गरिब गुरुवा बसेका छन् । ती कुनै शत्रु त हैनन् । सरकारले सहयोग गरेन, पुलिस समयमा आएको भए ठिक लगाइन्थ्यो के भन्या त्यो । चुप लागेर खोलाको किनारमा छाप्रामा बसेकालाई ठिक लगाएर कुन बहादुरी पाइन्छ ?’​

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल