२०८२, १९ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विजयकुमार गच्छदारलाई पराजित गर्दै एमालेकी भगवती चौधरीको जित सुनिश्चित

२०७९, १३ मंसिर मंगलवार ११:२८

मङ्सिर १३, सुनसरी | सुनसरी क्षेत्र नम्बर ३ मा काँग्रेसका विजयकुमार गच्छदारलाई पराजित गर्दै एमालेकी भगवती चौधरीले दुई पटकसम्मको पराजयको बदला लिएकी छिन् । ०४८ सालदेखि लगातार सोही क्षेत्रबाट निर्वाचित हुँदै आएका गच्छदार सातौँ पटक जितेर रेकर्ड राख्न चाहन्थे । तर, त्यसमा बाधक बनिन् भगवती चौधरी । 


तीन हजार ६५५ मतगणना हुन बाँकी रहँदा चौधरीले गच्छदारलाई ५ हजार ४३४ मतले पछि पारेकी छिन् । अब उनको विजय आधिकारिक घोषणा हुन मात्रै बाँकी छ । चौधरीले ३९ हजार २९७ मत ल्याउँदा गच्छदारले हालसम्म ३३ हजार ८६३ मत पाएका छन् । सो क्षेत्रको बर्जू गाउँपालिका वडा नम्बर ६ को तीन हजार ६५५ मत गणना हुन मात्रै अब बाँकी छ । गच्छदार छैटौँ पटकसम्म अपराजित रहँदा चौधरीले यस पटक गच्छदारको जितमा ब्रेक लगाएकी छिन् । काँग्रेस नेता विजय गच्छदार आम मतदातासँग न्यायको माग गरिरहेका थिए । उनले न्याय माग्नुको मुख्य मुद्दा हो ललिता निवास जग्गा घोटाला प्रकरण । उनलाई तत्कालीन केपी ओली नेतृत्वको सरकारले २०७६ साल माघमा ९ करोड ६८ लाख बिगोसहित भ्रष्टाचार मुद्दा लगाएको छ । उक्त मुद्दा अन्यायपूर्ण भएकोले न्याय दिनुपर्ने उनको मूल मुद्दा थियो । तर, जनताले गच्छदारलाई न्याय होइन ‘सजाय’ दिएका छन् । 

०४८ सालदेखि नै सो क्षेत्रबाट निर्वाचन लड्दै आएका गच्छदार हालसम्म अपराजित थिए । गच्छदारलाई १० वर्षयता लगातार टक्कर दिइरहेकी भगवती चौधरी भने ३१ वर्षमा नभएको विकास आफूले जिते ५ वर्षमै गर्ने बताउँदै निर्वाचन जितेकी छिन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल