१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एकीकृत समाजवादीले समानुपातिकमा थ्रेसहोल्ड कटाउला ?

१३ मंसिर २०७९, मंगलवार १२:०२

मङ्सिर १३, काठमाडौँ | प्रतिनिधिसभाको समानुपातिक तर्फको मत गणना अन्तिम चरणमा पुगेको छ ।

निर्वाचन आयोगको संयुक्त निर्वाचन परिचालन केन्द्र (जेईओसी)का अनुसार, अहिलेसम्म उदयपुर–१, सुनसरीको ३ र ४ को मात्रै समानूपातिकतर्फ मतगणना चलिरहेको छ भने बाँकी जिल्लाको गणना टुंगिएको छ ।

गणना भइरहेका जिल्लाको पनि ७ देखि साढे ८ हजार मत गन्न बाँकी भएकाले कुल २५ हजारजति मत मात्रै गन्न बाँकी छ ।


निर्वाचन प्रक्रिया रोकिएका स्याङजा–२, बाजुरा र दोलखा बाहेक तीन जिल्लाको मतगणना सुरु नै भएको छैन ।

हालसम्म गणना भएको मध्ये ९८ लाख ३० हजार ८८३ सदर छ । त्यसमा जनमतसहित ७ दलले ३ प्रतिशत मत पाएर थ्रेसहोल्ड कटाएका छन् ।

सत्तारुढ एकीकृत समाजवादीले भने २ लाख ७७ हजार ८६८ मत पाएको छ । यो कुल सदर मतको २.८३ मत हो ।

पछिल्लो केही दिनयता एकिकृत समाजवादी दलले कुल सदर मतको तुलनामा आफ्नो मत अनुपात बढाएपनि थ्रेसहोल्ड(३ प्रतिशत कटाउन सकेको छैन । पछिल्लो मतपरिणाम अनुसार उसलाई अहिलेको अवस्थामा थ्रेसहोल्ड कटाउन १६ हजार ७७८ मत पुग्दैन ।

मतगणना नै शुरु नभएका जिल्लामध्ये दोलखामा १ लाख ६१ हजार, बाजुरामा ८२ हजार ५६७ र स्याङजा–२ मा १ लाख १६ हजार कुल मतदाता छन् । त्यहाँ अन्यत्र झै औसत ६० प्रतिशत मत खसेको अनुमान गर्ने हो भने अरु २ लाख १५ हजार मत थपिन्छ ।

यसरी हेर्दा अब गणना हुने समानुपातिक मतमा एकीकृत समाजवादीले करिव २५ हजार पाएमाथ्रेसहोल्ड कटाउनसक्ने देखिन्छ ।

थ्रेसहोल्ड कटाउनासाथ समानूपातिकतर्फ कम्तिमा ४ सिट पाउँछ र राष्ट्रिय दल बन्छ । तर थ्रेस होल्ड कटाउन सकेन भने एकीकृत समाजवादीले पाएको पुगनपुग ३ लाख मत खेर जान्छ र समानूपातिकतर्फ कुनै सिट पनि पाउँदैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह