१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अर्जेन्टिनालाई जितको दबाब, यस्तो छ समूह ‘सी’ को नकआउट समीकरण

१४ मंसिर २०७९, बुधबार ०८:५५

मङ्सिर १४, काठमाडौँ | फिफा विश्वकपमा आज (बुधबार) समूह चरणका अन्तिम खेलहरू हुँदैछन् । आज समूह ‘सी’ र ‘डी’ का खेलहरू हुनेछन् । आज हुने पहिलो खेलमा समूह ‘डी’ का चार टिम एकैसाथ प्रतिस्पर्धामा उत्रँदैछन् । जहाँ साविक विजेता फ्रान्सले ट्युनिसिया र अस्ट्रेलियाले डेनमार्कविरुद्ध खेल्दै छन् । यी खेलहरू ८ः४५ बजेदेखि सुरु हुनेछ ।


आजको दोस्रो खेलमा समूह ‘सी’ का चार टिम प्रतिस्पर्धामा उत्रँदैछन् । जसमा कतारको रंगशाला ९७४ मा दुई पटकको विश्वविजेता अर्जेन्टिनाले पोल्यान्डसँग खेल्दा लुसैल रंगशालामा साउदी अरेबियाले मेक्सिकाविरुद्ध खेल्दै छ । दुवै खेल राति १२ः४५ बजेदेखि सुरु हुनेछ । विश्वकपको अन्तिम–१६ मा स्थान बनाउँन आज समूह ‘सी’ का चारै टिमलाई जितको दबाब छ ।

समूहमा दुई खेलबाट चार अंक जोडेको पोल्यान्ड शीर्ष स्थानमा छ । समान खेलबाट तीन–तीन अंक जोडेका अर्जेन्टिना र साउदी अरेबिया क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । यस्तै, एक अंक जोडेको मेक्सिको तालिकाको पुछारमा छ ।

कस्तो छ समूह ‘सी’ को समीकरण ?

पोल्यान्ड जित वा बराबरको नतिजाले पनि अन्तिम–१६ मा प्रवेश गर्नेछ । तर, पोल्यान्ड हार्दा साउदी अरेबियाले जित निकाले रोबर्ट लेवान्डोवस्कीको टिम समूह चरणबाटै बाहिरिनेछ । 

यदि, पोल्यान्ड पराजित भए अर्को खेलमा साउदी अरेबियाले मेक्सिकोसँग बराबर खेले यी दुई टिममध्ये गोलअन्तर उच्च हुने टिम नकआउटमा पुग्नेछ । पोल्यान्ड पराजित हुँदा साउदी अरेबियाले मेक्सिकोसँग हार बेहोरे पोल्यान्ड र मेक्सिकोबाट राम्रो गोलअन्तर हुने टिम अन्तिम–१६ मा प्रवेश गर्नेछ ।

विश्वकपको नकआउट चरणमा पुग्न अर्जेन्टिनालाई भने जितको दबाब छ । तर, अर्को खेलमा मेक्सिको र साउदी अरेबियाले बराबर खेले अर्जेन्टिनालाई बराबरीको नतिजा नै नकआउट चरणका लागि पर्याप्त बन्नेछ । यद्यपि, अर्जेन्टिना बराबरीमा रोकिँदा साउदी अरेबियाले मेक्सिकोलाई पराजित गरे लियोनल मेसीको टिम समूह चरणबाटै घर फर्किनेछ । यदि, मेक्सिकोले साउदी अरेबियालाई पराजित गरे अर्जेन्टिना बराबरीमै रोकिए पनि यी दुई टिमबीच राम्रो गोलअन्तर रहने टिम अन्तिम–१६ मा प्रवेश गर्नेछ । तर, हारको नतिजाले भने अर्जेन्टिना समूह चरणबाटै बाहिरिनेछ ।

मेक्सिकोविरुद्ध जित निकाले साउदी सोझै नकआउट चरणमा पुग्नेछ । अर्को खेलमा पोल्यान्डले अर्जेन्टिनालाई पराजित गरे साउदीलाई नकआउट चरणका लागि बराबरीको नतिजा पनि पर्याप्त हुनेछ । तर, साउदी हार्दा अर्जेन्टिना र पोल्यान्डले बराबरी खेले साउदी विश्वकपबाट बाहिरिनेछ ।

यदी अर्जेन्टिनाले पोल्यान्डलाई पराजित गरे साउदी मेक्सिकोसँग बराबरीमा रोकिए पनि पोल्यान्ड र साउदीबीच गोलअन्तर राम्रो हुने टिम अन्तिम–१६ मा प्रवेश गर्नेछ । तर, हारको नतिजाले भने साउदीको विश्वकप यात्रा समूह चरणमा नै सीमित बन्नेछ ।

यता, यो समूहमा सबैभन्दा झिनो सम्भावना बोकेको मेक्सिकोलाई जित्नै पर्ने दबाब छ । पोल्यान्डसँग अर्जेन्टिना पराजित हुँदा साउदीविरुद्ध जितसहित मेक्सिको अन्तिम–१६ मा प्रवेश गर्नेछ । मेक्सिकोले जित निकाले पनि पोल्यान्ड र अर्जेन्टिनाले बराबरी खेले मेक्सिको र अर्जेन्टिनामा गोलअन्तर राम्रो हुने टिम नकआउट चरणमा प्रवेश गर्नेछ । मेक्सिकोले साउदीलाई हराउँदा अर्जेन्टिनाले पोल्यान्डलाई पराजित गरे मेक्सिको र पोल्यान्डबीच उच्च  गोलअन्तर हुने टिम नकआउट चरणमा प्रवेश गर्नेछ । तर, मेक्सिकोले साउदी अरेबियासँग हार बेहोरे समूह चरणबाटै घर फर्किनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह