१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अब प्रधानमन्त्री बन्ने तयारीमा लाग्छु : गगन थापा

१४ मंसिर २०७९, बुधबार ११:०४

मङ्सिर १४, काठमाडौँ | नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले प्रधानमन्त्री बन्नका लागि संसदीय दलको निर्वाचनको तयारीमा लाग्ने बताएका छन्।

महिला हिंसा विरुद्धको १६ दिने अभियानका सन्दर्भमा महिला सुरक्षा दबाब समूहले बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा आफू संसदीय दलको निर्वाचनको तयारीमा रहेको बताएका हुन्।


उनले भने, 'शुक्रबारसम्म मतदातालाई धन्यवाद दिने र त्यसपछि अर्को चुनाव अर्थात् पार्टीभित्रको संसदीय दलको नेताका लागि तयारीमा जुट्छु।'

त्यस्तै, महामन्त्री थापाले पाँच वर्षपछि हुने निर्वाचनमा ३३ प्रतिशत महिला सहभागीताका लागि अहिलेदेखि नै आवश्यक कानुन निर्माणको थालनी गर्नुपर्ने पनि बताए । कहिलेकाही मन्त्रिपरिषद्मा महिला सहभागीता शून्य हुने अवस्थालाई पनि अब अन्त्य गर्नुपर्ने उनले बताए।

त्यस्तै थापाले महिला हिंसालाई जरैदेखि हटाउनका लागि दलहरु मिलेर काम गर्नुपर्ने र आवश्यक नीतिनियम तर्जुमा गर्नुपर्ने धारणा राखे।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह