नेकपा एकीकृत समाजवादीले कटाउला त थ्रेस होल्ड ?

Posted on: 01 Dec, 2022

मङ्सिर १५, काठमाडौँ | प्रतिनिधिसभा निर्वाचन समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ । निर्वाचन आयोगका अनुसार हालसम्म १ करोड २ लाख ८२ हजार ७१९ मत गणना भएको छ ।

राष्ट्रिय दल बन्न प्रत्यक्षतर्फ एक सिट र समानुपातिकमा थ्रेस होल्ड कटाउनुपर्ने व्यवस्था छ ।

समानुपातिकतर्फ नेकपा एकीकृत समाजवादीले २ लाख ९३ हजार ६२९ मत ल्याएको छ । 

निर्वाचनमा १ करोड ७९ लाख ८८ हजार पाँच सय ७० मतदाता थिए । जसमध्ये ६१ प्रतिशत अर्थात् करिब १ करोड नौ लाख मत खसेको निर्वाचन आयोगले  जनाएको छ।

यसरी हेर्दा समाजवादीले थ्रेस होल्ड कटाउन अझै १० हजारको हाराहारीमा मत ल्याउनुपर्ने देखिन्छ । अब बाजुरा, स्याङ्जा र दोलखाको अन्तिम मतपरिणाम आउन बाँकी छ ।

नेकपा एमाले,नेपाली कांग्रेस,माओवादी केन्द्र,राष्ट्रिय स्‍वतन्त्र पार्टी, राष्‍ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र जनमत पार्टीले थ्रेस होल्ड कटाएका छन्।

यस बिषयमा तपाइको प्रतिक्रिया...!