१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दोलखामा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा सत्ता गठबन्धनको अग्रता

१६ मंसिर २०७९, शुक्रबार १०:०६

मङ्सिर १६, दोलखा | दोलखामा प्रतिनिधिसभा सदस्यमा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार गङ्गा कार्कीले अग्रता कायमै राख्नुभएको छ ।  हालसम्म आठ हजार आठ सय ९७ मतगणना हुँदा उहाँले पाँच हजार ३५ मत प्राप्त गर्नुभएको छ । 

उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का बालकृष्ण शिवाकोटीले दुई हजार नौ सय २८ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिनुभयो ।

जिल्लाको प्रदेशसभा (१) मा आठ हजार एक सय ४३ मतगणना गर्दा नेपाली कांग्रेसका कुन्दनराज काफ्लेले चार हजार तीन सय ४२ मत तथा एमालेका नरबहादुर श्रेष्ठले दुई हजार नौ सय ८३ मत ल्याउनुभएको छ ।

प्रदेशसभा (२) मा छ हजार छ सय १६ मतगणना हुँदा कांग्रेसका वर्मा लामाले तीन हजार पाँच सय १५ तथा एमालेका भरत केसीले दुई हजार पाँच सय ६१  मत प्राप्त गर्नुभएको छ । जिल्लाको १० मतदान केन्द्रमा बिहीबार पुनःमतदान भएको थियोे । बाँकी स्थानमा यही मङ्सिर ४ गते मतदान भएको थियो ।

जिल्लामा ९४ मतदानस्थल र एक सय ९५ मतदान केन्द्र रहेका थिए । कूल एक लाख ६१ हजार चार सय ५० मतदाता रहेका थिए भने १४ राजनीतिक दलका र सात स्वतन्त्र गरी २१ उम्मेदवार चुनावी मैदानमा सहभागी भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह