४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बाजुरमा कांग्रेसका पाण्डेको अग्रता

१६ मंसिर २०७९, शुक्रबार १६:३३

मङ्सिर १६, बाजुरा । यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचन अन्र्तगत बाजुरामा जारी मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार  बद्रीप्रसाद पाण्डेले अग्रता कायमै राख्नुभएको छ । 

बडीमालिका नगरपालिका, गृहपालिका हिमाली र त्रिवेणी नगरपालिका–१ को मतगणना गर्दा कांग्रेसका उम्मेदवार पाण्डेले दुई हजार पाँच सय २९ मतले अग्रता लिनुभएको छ । 

उहाँले सात हजार पाँच सय १२ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका कर्णबहादुर थापाले चार हजार नौ सय ८३ मत प्राप्त गर्नुभएको छ । 

यस्तै प्रदेशसभा ९१०मा नेकपा समाजवादीका नरेश शाहीले पाँच हजार एक सय ३२ मत पाउनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका बलदेव रेग्मीले तीन हजार नौ सय २८ मत प्राप्त गर्नुभएको छ भने नेकपा माओवादी केन्द्रका कर्णबहादुर विकले तीन सय २५ मत पाउनुभएको छ । 

यसैगरी प्रदेशसभा ९२० मा कांग्रेसका पदमबहादुर शाहीले पाँच हजार ७७ मत प्राप्त गर्नुभएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको मतपरिणामअनुसार नेकपा एमालेका लालबहादुर थापाले चार हजार ६ सय ८४ मत प्राप्त गर्नुभएको छ । शाहीले थापासँग तीन सय ९३ मतको अन्तरले अग्रता कायम गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ