१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जाडोमा ब्रोकली खाँदा शरीरलाई मिल्छ यी ५ फाइदा

१८ मंसिर २०७९, आईतवार ०६:४६

मङ्सिर १८, काठमाडौँ । ब्रोकली शरीरका लागि निकै फाइदाजनक हुन्छ । जाडो याममा बजारमा ब्रोकली धेरै मात्रामा पाइन्छ । धेरैले यसलाई हरियो काउली समेत भन्छन् । ब्रोकलीमा आइरन, फाइबर, पोटासियम प्रचुर मात्रामा पाइन्छ । यससमा सोडियम र भिटामिन सी आदि पाइन्छ । रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउनुका साथै ब्रोकली खानु मधुमेहका लागि पनि फाइदाजनक हुन्छ । ब्रोकलीले शरीरलाई लामोसमयसम्म स्वस्थ राख्न मद्दत गर्छ । ब्रोकली धेरै तरिकाले खान सकिन्छ । ब्रोकली बच्चाहरुलाई पनि खुवाउनुपर्छ । ब्रोकलीको नियमित सेवनले शरीरमा धेरै रोग लाग्नबाट बचाउँछ । जाडोमा ब्रोकली खानुका फाइदाबारे जानकारी लिऔँ ।


तौल नियन्त्रण गर्छ

ब्रोकलीले शरीरलाई स्वस्थ राख्न मद्दत गर्छ । यसमा प्रशस्त मात्रामा फाइबर पाइन्छ, जसले पाचन प्रणालीलाई मजबुत बनाउन मद्दत गर्छ । ब्रोकली खाँदा छिटो भोक लाग्दैन । त्यसैले पनि यसले तौल घटाउन सघाउने गर्छ । ब्रोकलीलाई हल्का भुटेर वा तरकारी बनाएर सजिलै खान सकिन्छ ।

कलेजोका लागी लाभदायी

ब्रोकली कलेजोका लागि निकै फाइदाजनक हुन्छ । ब्रोकली नियमित खाँदा फ्याटी लिभरको समस्याबाट छुटकारा मिल्छ । ब्रोकलीले शरीरबाट विषाक्त पदार्थ बाहिर निकालेर शरीरलाई स्वस्थ राख्न मद्दत गर्छ । ब्रोकली खाँदा कलेजोसँग सम्बन्धित रोगको जोखिम कम हुन्छ ।

हड्डी बलियो बनाउँछ

ब्रोकलीले हड्डी बलियो बनाउन मद्दत गर्छ । यसको सेवनले हड्डी मजबुत हुनुका साथै हड्डीसँग सम्बन्धित समस्या पनि हट्छ । ब्रोकलीमा क्याल्सियम प्रचुर मात्रामा पाइन्छ । ब्रोकलीलाई सलादको रुपमा समेत प्रयोग गर्न सकिन्छ । कतिले यसको सूप बनाएर पिउने गर्छन् ।

प्रतिरक्षा बलियो बनाउँछ

ब्रोकलीले शरीरलाई स्वस्थ राख्नुका साथै रोग प्रतिरोधात्मक क्षमतालाई बलियो बनाउन मद्दत गर्छ । ब्रोकलीमा भिटामिन सी प्रचुर मात्रामा पाइन्छ, जसले रोग प्रतिरोधात्मक क्षमतालाई बलियो बनाउँछ । रोग प्रतिरोधात्मक क्षमता बलियो भएकाले शरीरमा मौसमी रोगको जोखिम हुँदैन ।

गर्भावस्थामा लाभदायी

ब्रोकली गर्भावस्थाको लागि धेरै लाभदायी हुन्छ । यसमा पाइने क्याल्सियमले बालबालिकाको हड्डीलाई मजबुत बनाउँछ र उनीहरुलाई स्वस्थ राख्न मद्दत गर्छ । ब्रोकली खाँदा महिलालाई कमजोरी महसुस हुँदैन । ब्रोकली खाँदा महिला तथा बालबालिका दुवै स्वस्थ रहन्छन् ।

ब्रोकली शरीरका लागि निकै फाइदाजनक हुन्छ । तर ध्यान राख्नुहोस् कि तपाईंलाई कुनै रोग वा एलर्जी छ भने ब्रोकली सेवन गर्नु अघि डाक्टरको सल्लाह लिनुहोस् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह