१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अब बन्ने सरकारले राजनीतिक स्थिरता दिन्छः वरिष्ठ नेता पौडेल

१८ मंसिर २०७९, आईतवार १०:१२

मङ्सिर १८, काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता एवं नवनिर्वाचित प्रतिनिधिसभा सदस्य रामचन्द्र पौडेलले अब बन्ने सरकारले राजनीतिक स्थिरता, सुशासन, विकास र गाउँमै रोजगारी प्रदान गर्ने बताउनुभएको छ । 

तनहुँको व्यास नगरपालिका–८ पुलिमराङमा आयोजित कार्यक्रममा उहाँले सत्तारुढ गठबन्धनको लक्ष्य शान्ति, सुशासन र स्थिर सरकार हो भन्नुभयो । “देशलाई सुशासन आवश्यक छ, भ्रष्ट्राचार र कमिशनतन्त्र रोक्न सक्यौँ भने देशको विकास हुन्छ”, नेता पौडेलले भन्नुभयो, “कृषिमा क्रान्ति गरेर खाद्यान्नमा आत्मनिर्भर हुनुपर्छ, पर्यटनको विस्तार गाउँसम्म पु¥याउनुपर्छ, गाउँगाउँमा उद्योग खोल्नुपर्छ, यसले गाउँमा नै रोजगारी सिर्जना गर्छ र समृद्ध मुलुक बनाउन सकिन्छ ।” 

उहाँले नवनिर्वाचित जनप्रतिनिधिले जनताको विश्वासमा धोका दिन नहुने बताउनुभयो । उहाँले आजै पुलिमराङस्थित सहिद पार्क पुगी सहिदको सालिकमा माल्यापर्ण गर्नुभएको थियो । त्यस अवसरमा उहाँले आफू सहिद धर्मध्वज गुरुङको प्रेरणाले राजनीतिमा लागेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह