१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

१६५ क्षेत्रकै मतपरिणाम आउँदा कुन दलले कति सिट जिते?

१९ मंसिर २०७९, सोमबार ०५:५९

मङ्सिर १९, काठमाडौँ | प्रतिनिधि सभा निर्वाचन अन्तर्गत मंसिर ४ गते भएको निर्वाचनमा १६५ क्षेत्रकै मतपरिणाम आएको छ। एक मात्र निर्वाचन क्षेत्र रहेको दोलखामा पनि सोमबार मतगणना सम्पन्न भएको छ। 

दोलखामा सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका गंगा कार्कीले निर्वाचन जितेका छन्। उनले नेकपा एमालेका बालकृष्ण शिवाकोटीलाई पराजित गर्दै प्रतिनिधि सभामा विजय हासिल गरेका हुन्। 

कार्कीको जितसँगै नेकपा माओवादी केन्द्रले प्रतिनिधि सभामा प्रत्यक्षतर्फ १८ सिट जितेको छ। 

सबै क्षेत्रको मतपरिणाम आउँदा प्रतिनिधि सभामा ५७ सिटसहित नेपाली कांग्रेस पहिलो दल बनेको छ। यस्तै ४४ सिट जित्दै नेकपा एमाले दोस्रो दल बनेको छ। 

एकीकृत समाजवादीले १०, राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीले समान७/७ ठाउँमा जितेका छन्।

लोकतान्त्रिक समाजवादीले ४ सिट जित्त्दा नागरिक उन्मुक्ति पार्टीले ३ क्षेत्रमा जितेको छ। यस्तै नेपाल मजदुर किसान पार्टी, जनमोर्चा र जनमत पार्टीले एक/एक ठाउँमा जित्दा पाँच जना स्वतन्त्र उम्मेदवारले पनि जितेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह