१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेप्से परिसूचक २४ दशमलव ४६ अङ्कले घट्यो

१९ मंसिर २०७९, सोमबार १०:३२

मङ्सिर १९, काठमाडौँ | आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । परिसूचक २४ दशमलव ४६ अङ्कले घटेर एक हजार नौ सय ३८ दशमलव ७६ अङ्कमा कायम भएको हो । आज दुई सय ४० वटा कम्पनीको ४१ लाख २७ हजार दुई सय ८६ कित्ता शेयर २६ हजार चार सय ७५ पटक खरिदबिक्री हुँदा रु एक अर्ब ६७ करोड चार लाख ५५ हजार बराबरको कारोबार भएको छ । 


आजको कारोबारमा १४ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने एक सय ८१ वटा कम्पनीको शेयर मूल्य घटेको छ । त्यस्तै, सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै जीवन बीमा समूहको उपसूचक एक सय ३५ दशमलव ९२ अङ्कले घटेको छ भने उत्पादन समूहको उपसूचक एक सय २३ दशमलव ४७ अङ्कले घटेको छ ।

बैंकिङ समूह नौ दशमलव ७८, विकास बैंक समूह ५३ दशमलव २१, वित्त समूह ३७ दशमलव ७५, होटल तथा पर्यटन समूह ३५ दशमलव ७४ र जलविद्युत् समूह ३५ दशमलव ०३ अङ्कले घटेको नेप्सेले जनाएको छ । 

त्यस्तै, लघुवित्त समूह ५८ दशमलव ५७, निर्जीवन बीमा समूह ९१ दशमलव ९५, व्यापार समूह २६ दशमलव २९, लगानी समूह शून्य दशमलव ६९ र अन्य समूह २८ दशमलव २७ अङ्कले घटेको छ । कारोबारपछि सयपत्री हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा सबैभन्दा धेरै तीन दशमलव १२ प्रतिशतको वृद्धि देखिएको छ । 

त्यस्तै, सबैभन्दा धेरै अजोड इन्स्योरेन्स लिमिटेडका लगानीकर्ताले सात दशमलव ३७ प्रतिशतका दरले गुमाएका छन् । कारोबार रकमका आधारमा सबैभन्दा धेरै रिडी पावर कम्पनी लिमिटेडको ३० करोड ८३ लाख ५७ हजार र शिवम् सिमेन्टको २० करोड २३ लाख ४६ हजार छ सय ६२ कित्ता बराबर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह