१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

निर्वाचन आयोगलाई रविको जवाफ– विदेशमा छँदा पनि नेपाली थिएँ, आज पनि नेपाली नै छु [जवाफसहित]

१९ मंसिर २०७९, सोमबार ११:११

मङ्सिर १९, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो नागरिकता विवादमा मुख्य निर्वाचन अधिकृतको कार्यालय चितवनलाई स्पष्टीकरण बुझाएका छन्। 

लामिछानेले आफ्नो नागरिकता नेपाली नभएको भनि गरिएको दाबी गलत भएको उल्लेख गरेका छन्। प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवार भएपछि आफ्नो नागरिकताको कुरा विवादमा ल्याइएको तर, आफू नेपाली नै भएको उनको दाबी छ। 

उनले आफूले २०५० साल फागुन १० गते काठमाडौंबाट नेपाली नागरिकता लिएको र अध्ययनका सिलसिलामा अमेरिका पुगेपछि अमेरिकाको स्थायी बसोबास लिएको बताएका छन्। 

‘मैले आफ्नो नेपाली नागरिकता प्रमाणपत्र वैधानिक रुपमा त्यागेको थिइनँ। न नेपाल सरकारले मेरो नागरिकता रद्ध नै गरेको थियो’, लामिछानले जवाफमा भनेका छन् ‘म विदेश छँदा पनि नेपाली नै थिएँ। आज पनि नेपाली नै नागरिक हुँ।’

२०१८ मे १८ मा अमेरिकाको नागरिकता र राहदानी औपचारिक रुपमा नेपालस्थित अमेरिकी राजदूतावासमार्फत् परित्याग गर्न निवेदन दिएको उनले बताएका छन्। त्यसपछि आफूसँग नेपाल बाहेक अन्य कुनै मुलुकको नागरिकता नरहेको लामिछानेको दाबी छ। उनले यसअघि पनि सरकारी निकायले आफ्नो नागरिकता स्वीकार गरेको बताएका छन्।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह