मङ्सिर १९, काठमाडौँ । मंसिर ४ मा सम्पन्न प्रतिनिधि सभा निर्वाचनअन्तर्गत पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष)तर्फको सबै नतिजा आइसकेको छ। समानुपातिकतर्फको मतगणना पनि "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मङ्सिर १९, काठमाडौँ । मंसिर ४ मा सम्पन्न प्रतिनिधि सभा निर्वाचनअन्तर्गत पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष)तर्फको सबै नतिजा आइसकेको छ। समानुपातिकतर्फको मतगणना पनि "/>
१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

समानुपातिकतर्फ अब ५० हजार मत गन्न बाँकी, कुन दलले कति सिट पाउने भए?

१९ मंसिर २०७९, सोमबार ११:५४

मङ्सिर १९, काठमाडौँ । मंसिर ४ मा सम्पन्न प्रतिनिधि सभा निर्वाचनअन्तर्गत पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष)तर्फको सबै नतिजा आइसकेको छ। समानुपातिकतर्फको मतगणना पनि लगभग सकिएर केही हजार भोटको हिसाब मात्रै निर्वाचन आयोगको वेभसाइटमा अपडेट गर्न बाँकी भएको आयोगले जनाएको छ।

आयोगले सोमबार साँझ ५ बजेसम्म १ करोड ४ लाख ३० हजार ४ सय ३९ मतको अपडेट गराएको छ। अब बढीमा ५० हजार मत गन्न बाँकी रहेको र भोलि बेलुकासम्म गनेर सकिने आयोगका प्रमुख आयुक्त दिनेश कुमार थपलियाले देश सञ्चारलाई जानकारी दिए।
विवाद भएर रोकिएर पछि मतदान भएका जिल्लाहरु दोलखा, बाजुरालगायतको मत गन्न बाँकी रहेको थपलियाको भनाइ छ। थपलियाले भने, ‘अहिले पनि धमाधम मतगणना भइरहेको छ, भोलि बेलुकासम्म समानुपातिकतर्फको सबै नतिजा आउने आयोगले अनुमान गरेको छ।’

नेपाल निर्वाचन २०७९ – प्रतिनिधिसभाको निर्वाचन विवरण तथा नतिजा

हालसम्म गनिसकिएको मत र गन्न बाँकी रहेको केही मतलाई आधार मानेर हेर्दा प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ ले गरेको व्यवस्थाअनुसार हिसाब गर्दा समानुपातिकतर्फका ११० सिटमा कुन दलले कति सिट प्राप्त गर्छन् भन्ने लगभग निश्चित भएको छ।
समानुपातिकको लागि सात दलको सिट सुनिश्चित देखिएको छ। कानुनले कूल सदर मतको ३ प्रतिशत मत ल्याए मात्रै समानुपातिकको सिट पाउने व्यवस्था गरेको छ। यसअनुसार थ्रेसहोल्ड कटाउन ३ लाख १२ हजार ६०४ मत आवश्यक हुन्छ। सो मत प्राप्त गर्न नसके समानुपातिकको ११० सिटको भागवण्डामा उक्त दल पर्दैन।
दलहरुले प्राप्त गरेको मतलाई समेत सदर मत नमानिने निर्वाचन आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्याल बताउँछन्, अर्थात थ्रेस होल्ड नकटाएका दलले प्राप्त गरेको मत बदर मानिन्छ।
जारी मतगणनामा ३ प्रतिशतभन्दा धेरै मत ल्याउने दलहरु सात वटा छन्। ती दलहरुमा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र जनमत पार्टी हुन्। यी सात वटा दलले प्राप्त गरेको कूल मतलाई नै सदर मत मानिन्छ र सिट बाँडफाँटको लागि हिसाब गरिन्छ।
समानुपातिकतर्फको जारी मतगणनामा एमाले पहिलो दल बनेको छ। एमालेले २७ लाख ९१ हजार ७ सय मत कटाएको छ। कांग्रेसले २६ लाख ६६ हजार २ सय भोट कटाएको छ। माओवादीले ११ लाख ६२ हजार ९ सय भोट कटाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख २४ हजार ५ सय भोट ल्याएको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ८६ हजार ६ सय, जनता समाजवादी पार्टीले ४ लाख २० हजार ९ सय र जनमत पार्टीले ३ लाख ९४ हजार ५ सय मत कटाएका छन्।
नेकपा एकीकृत समाजवादीले भने थ्रेस होल्ड कटाउन नसक्ने भएको छ। जारी मतगणनामा एकीकृत समाजवादीले २ लाख ९४ हजार ४ सय भोट ल्याएको छ। थ्रेस होल्ट कटाउनको लागि ३ लाख १२ हजार ६०४ मत ल्याउनुपर्ने हुन्छ,जुन असम्भव छ।
समानुपातिकमा एमालेले सबैभन्दा बढी ३३ सिट प्राप्त गर्नेछ। एमालेभन्दा करिब एक लाख कम भोट ल्याएको कांग्रेसले एमालेभन्दा एक सिट कम अर्थात ३२ सिट पाउने छ।
माओवादी र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)दुवैले ११ लाख भोट कटाएका छन्। रास्वपाभन्दा माओवादीले ३८ हजारभन्दा बढी भोट ल्याएको छ। यी दुवै पार्टीले १४/१४ सिट पाउने छन्।
हालसम्म ५ लाख ८६ हजार ६ सय भोट ल्याएको राष्ट्रिय प्रजातन्त्र पार्टीले सात सिट पाउने देखिएको छ। जनता समाजवादी पार्टी (जसपा)ले र जनमत पार्टीलाई प्राप्त मत हेर्दा यी दुवै पार्टीले ५/५ सिट प्राप्त गर्नेछन्।
समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत सिट बाँडफाँटको हिसाब गर्न देशभरबाट खसेका सम्पूर्ण मतको एकीकृत हिसाब गनुपर्ने नियम हुन्छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह