१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सरकारले सात दिनभित्र लोकमान नियुक्तिको फाइल नदिए कारबाही: सर्वोच्च

३१ भाद्र २०७३, शुक्रबार ०९:१५

भदौ ३१, काठमाडौं । सर्वोच्च अदालतले लोकमान सिंह कार्कीलाई अख्तियार प्रमुखमा नियुक्त गर्दाको सक्कल फाइल नपठाए न्याय प्रशासन ऐन अनुसार कारबाही गर्ने फैसला गरेको छ ।

कार्कीलाई अख्तियार प्रमुखमा नियुक्त गर्दाको सक्कल फाइल फेला नपरेको भनेर सरकारले दिएको जवाफलाई गैरजिम्मेवारपूर्ण भएको ठहर गर्दै पूर्व आदेश अनुसार फाइल नपठाए कारबाही  प्रक्रिया अगाडी बढाउने बताएको छ ।

सर्वोच्चले लोकमान नियुक्तिको सक्कली फाइल माग्दा सरकारले त्यस्तो जवाफ दिएको थियो । त्यस सम्बन्धमा शुक्रबार भएको सुनुवाइमा प्रधानन्यायाधीश सुशीला कार्की, न्यायाधीश विश्वाम्भर श्रेष्ठ र सपना मल्लको इजलासले सरकारको जवाफलाई 'गैरजिम्मेवारपूर्ण' भनी टिप्पणी गरेको हो ।

यही इजलासले लोकमान नियुक्तिसम्बन्धी सक्कली फाइल सात दिनभित्र नपठाए कारबाही हुने चेतावनीसमेत दिएको छ । अदालतले माग गरेको कागजात सम्बन्धित निकायहरुबाट समयमै पठाउनुको साटो 'फेला परेपछि पठाउने' भनी गैरजिम्मेवारीपूर्ण जवाफ पठाएको सर्वोच्चको आदेशमा उल्लेख छ । 'अब पूर्व आदेशानुसारको फाइल कागजात सात दिनभित्र नपठाए न्याय प्रशासन ऐन २०७३ को दफा ३४ (२) अनुसार कारबाही हुनेछ,' आदेशमा भनिएको छ ।

यसअघि सर्वोच्चले लोकमान नियुक्तिको सक्कली कागज सरकारसँग मागेको थियो । २०६२/६३ सालपछि सरकारले कार्कीलाई सोधेको स्पष्टीकरणको सक्कल कागज पनि माग गरेको थियो । सरकारले ती फाइल नभेटिएको भन्दै भदौ २१ मा जवाफ फर्काएपछि सर्वोच्चले उक्त मुद्दामा पुनरावलोकन गर्ने भएको हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव