१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

समानुपातिक मतको मिटरः एमालेलाई लोकप्रिय मत, एकीकृत समाजवादी राष्ट्रिय पार्टी नबन्ने

२१ मंसिर २०७९, बुधबार ०७:५६

मङ्सिर २१, काठमाडौँ | मंसिर ४ गते भएको प्रतिनिधि सभा र प्रदेश सभा अन्तर्गत समानुपातिकतर्फको गणना लगभग सकिएको छ।

निर्वाचन आयोगका अनुसार कुल एक करोड ५ लाख ६० हजार ८२ सदर मतमा ३ प्रतिशतको थ्रेसहोल्ड कटाएका सात दलले मात्रै राष्ट्रिय दलको मान्यता पाउने भएका छन्।

२ लाख ९८ हजार मत पाएर आठौं स्थानमा रहेको नेकपा एकीकृत समाजवादीले थ्रेसहोल्ड पार गर्न सकेन। हालसम्म नेकपा एमाले लोकप्रिय मत पाउने पहिलो दल बनेको छ। उसले हालसम्म २८ लाख ४५ हजार ६४१ अर्थात कुल सदर मतको २६.९५ प्रतिशत मत पाएको छ।


यस्तै प्रत्यक्षतर्फ पहिलो दल बनेको नेपाली कांग्रेसले २७ लाख १५ हजार २२५ मत पाएर दोस्रो दल बनेको छ। उसले कुल सदर मतको २५.७१ प्रतिशत लोकप्रिय मत पाएको छ।

तेस्रो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले ११ लाख ७५ हजार ६८४ अर्थात ११.१३ प्रतिशत लोकप्रिय मत पाएको छ। यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख ३० हजार ३४४ अर्थात १०.७० प्रतिशत मत पाएको छ।

यस्तै प्रत्यक्षतर्फ ७ सिट जितेको राप्रपाले ५ लाख ८८ हजार ८४९ अर्थात ५.५८ प्रतिशत, जसपाले ४ लाख २१ हजार ३१३ अर्थात ३.९९ प्रतिशत र जनमत पार्टीले ३ लाख ९४ हजार ६५५ अर्थात ३.७४ प्रतिशत पपुलर मत पाएको छ। २ लाख ९८ हजार ३९१ मत पाएको एकीकृत समाजवादीले २.८३ प्रतिशत पपुलर मत पाउँदै ३ प्रतिशतको थ्रेसहोल्ड थोरै मतले कटाउन सकेन।

निर्वाचन आयोगका अनुसार प्रतिनिधि सभाको समानुपातिक तर्फ एक करोड पाँच लाख ६० हजार ८२ मत सदर भएको छ। त्यसको ३ प्रतिशत तीन लाख १६ हजार ८०२ हुन्छ।

एकीकृत समाजवादीले दुई लाख ९८ हजार ३९१ मत प्राप्त गरेको छ। त्यसहिसाबले ‘थ्रेसहोल्ड’ पार गर्न १८ हजार ४११ मत अपुग भएको देखिन्छ।

गत वर्ष नेकपा (एमाले)बाट विभाजित भएर बनेको यो पार्टीले प्रत्यक्षतर्फ १० स्थानमा जित हासिल गरेको छ। एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, कृष्णकुमार श्रेष्ठ, राजेन्द्रप्रसाद पाण्डे, मेटमणि चौधरी, प्रकाश ज्वाला, धनबहादुर बुढा, अम्मरबहादुर थापा, शेरबहादुर कुँँवर, भानुभक्त जोशी र प्रेमवहादुर आले प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन्।

एकीकृत समाजवादी सहित नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा गठबन्धन बनाएर चुनाव गएको थियो। 

त्यस्तै, प्रत्यक्ष तर्फ तीन सीट जितेको नागरिक उन्मुक्ति पार्टीले दुई लाख ७१ हजार ७२२ प्राप्त गर्‍यो। यो पार्टीलाई थ्रेसहोल्ड पार गर्न ४५ हजार ८० मत अपुग भएको देखिन्छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह