भदौ ३१, नयाँ दिल्ली । प्रधानमन्त्री पुष्पकमल दाहालले आफू नेतृत्वको सरकार भारतसँगको द्विपक्षीय सम्बन्ध र आपसी हित अभिवृद्धिमा "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ३१, नयाँ दिल्ली । प्रधानमन्त्री पुष्पकमल दाहालले आफू नेतृत्वको सरकार भारतसँगको द्विपक्षीय सम्बन्ध र आपसी हित अभिवृद्धिमा "/>
१ माघ २०८२, बुधबार
काठमाडौँ - KTM

विकासका लागि शान्ति र स्थिरता आवश्यक: प्रधानमन्त्री दाहाल

३१ भाद्र २०७३, शुक्रबार ०९:३१

भदौ ३१, नयाँ दिल्ली । प्रधानमन्त्री पुष्पकमल दाहालले आफू नेतृत्वको सरकार भारतसँगको द्विपक्षीय सम्बन्ध र आपसी हित अभिवृद्धिमा प्रतिबद्ध रहेको बताउँदै यस क्षेत्रमा विद्यमान सम्भाव्यताबाट दुवै मुलुकले लाभ लिनुपर्ने  बताएका छन् । 

भारतको चारदिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री दाहालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको संयुक्त पत्रकार सम्मेलनका क्रममा दुवै मुलुकको दिगो आर्थिक विकासका लागि आपसी साझेदारी आवश्यक रहेकामा जोड दिए । प्रधानमन्त्री दाहालले भने– “विकासका लागि शान्ति र राजनीतिक स्थिरता आवश्यक छ ।” 

प्रधानमन्त्री दाहालले दुवै मुलुकका प्रतिनिधिमण्डलबीच पञ्चेस्वर बहुउद्देश्यीय परियोजना अघि बढाउन विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) हुलाकी सडक, विद्युत् प्रसारण लाइन सम्झौता रेलवे सेवा, जलविद्युत् परियोजना सम्बन्धमा भएका सम्झौता कार्यान्वयनमा महत्वपूर्ण छलफल भएको बताए । 

संविधानसभाबाट जारी भएको संविधान कार्यान्वयनको चरणमा रहेको जानकारी गराउँदै प्रधानमन्त्री दाहालले दुवै मुलुकबीच हुने उच्चस्तरको राजनीतिक भ्रमणले सम्बन्ध थप प्रगाढ हुने विश्वास व्यक्त गरे । उनले निकट भविष्यमै भारतका राष्ट्रपति र प्रधानमन्त्रीको नेपाल भ्रमण हुने अपेक्षा पनि  गरे ।

भारतको आर्थिक विकासबाट नेपालले प्रेरणा लिने बताउँदै उनले आर्थिक समृद्धिका लागि व्यापार र पारवहन सम्पर्क सञ्जाल आवश्यक रहेकामा जोड दिए । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव