१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

विराटनगरका मेयरकै घरमा चल्यो डोजर

२१ मंसिर २०७९, बुधबार ०९:५०

मङ्सिर २१, काठमाडौँ | जथाभावी निर्माण गरिएका अवैध संरचना हटाउने अभियानअन्तर्गत विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाकै घरमा डोजर चलेको छ।

मेयर कोइरालाले विराटनगर–९ जलजला रोडस्थित भाडामा लगाएका घरमा सञ्चालन गरिएका पसलबाट डोजर चलाउन थालिएको हो। 

पसल सञ्चालकले सटरअगाडि आफूखुसी निर्माण गरेका अवैध संरचना बुधबार हटाइएको छ। साथै महानगर कार्यालयअगाडि रहेका पसलका अवैध संरचना पनि डोजर लगाइएको छ। 


महानगर प्रहरीका निरीक्षक राजन पौडेलको नेतृत्वमा डोजरसहित पुगेको टोलीले पसलअगाडि निर्माण गरिएका ‘सेटब्याक’लगायतका अवैध संरचना हटाएको हो।

नगर प्रहरीले जथाभावी झुण्ड्याइएका होडिङ बोर्डसमेत हटाएको थियो। मेयर कोइरालाले भाडामा लगाइएका आफ्नै घरअगाडि बनाइएका अवैध संरचना हटाइएको र फुटपाथ खाली गराइएको जानकारी दिए। 

उनका अनुसार विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित र विकसित बनाउने अभियानअन्तर्गत बजार क्षेत्रमा निर्माण गरिएका संरचना हटाउन सुरु गरिएको हो। उनले ३५ दिने सूचना जारी गर्दा पनि व्यापारीहरूले अटेर गरेपछि बल प्रयोग गर्नु परेको जानकारी दिए। 

‘परिवर्तन आफैँबाट सुरु गर्नुपर्छ भन्ने भनाइलाई चरिचार्थ गर्दै मेरै घरमा रहेका पसल सञ्चालकले बनाएका अवैध संरचना हटाएर अभियान सुरु गरेका छौं। प्रदेश १ को राजधानी विराटनगरलाई अब यथास्थितिमा राख्न हुँदैन,’ कोइरालाले भने, ‘यसलाई सफा, सुन्दर, व्यवस्थित र विकसित बनाउने हाम्रो उदेश्य छ। विराटनगरलाई व्यवस्थित बनाउने अभियानमा साथ दिन महानगरवासीलाई आग्रह गर्दछु।’

महानगरले विराटनगर बजार क्षेत्रमा निर्माण गरिएका अवैध संरचना हटाउन र फुटपाथ खाली गराउन अभियानलाई तीव्रता दिएको छ। बजार क्षेत्रभित्र सौन्दर्यकरण, दुर्घटना न्यूनीकरण तथा फुटपाथ नियन्त्रणका लागि भन्दै गत कात्तिक ३ गते सार्वजनिक सूचना जारी गरिएको थियो। 

सार्वजनिक सूचना जारी र पटक–पटक माइकिङ गर्दा पनि व्यापारीहरूले अवैध संरचना हटाउन अटेर गरेपछि महानगर ‘एक्सन’मा गएको मेयर कोइरालाले बताए। अभियानअन्तर्गत मेयर कोइरालाको घरमा सञ्चालित पसलका साथै महानगर कार्यालयअगाडि रहेका पसल, वडा नम्बर ९ को वडा कार्यालय, बुधहाट चोकस्थित ‘बी प्लट’का पसलमा निर्माण गरिएका अवैध संरचना हटाइएको छ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट