१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

समानुपातिकमा एमालेबाट ३४ सांसद को-को बन्लान् ? (सम्भावित सूची)

२२ मंसिर २०७९, बिहीबार ०६:५३

मङ्सिर २२, काठमाडौँ | प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिकतर्फको देशभरको मतगणना मंगलबार सकिएको छ। अब प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४ अनुसार निर्वाचन आयोगले संघीय संसदमा ३३% महिलाको प्रतिनिधित्व हुने गरी समानुपातिक निर्वाचन प्रणालीमार्फत निर्वाचित गर्नुपर्ने महिलाको संख्यासमेत यकिन गरी सम्बन्धित दललाई जानकारी गराउने छ। संघीय संसद भन्नाले राष्ट्रिय सभा र प्रतिनिधि सभा बुझिन्छ। निर्वाचन आयोगले तीन दिनको समय दलहरुलाई दिनेछ। त्यसपछि दलहरुले केन्द्रीय कार्यकारिणी समिति वा सो सरहको समितिबाट निर्णय गरी निर्वाचित हुने उम्मेदवारको छनौट गरी आयोगलाई पठाउनेछ। यसरी पठाउँदा निर्देशिका अनुसार जातीय क्लस्टरसमेत मिलाई यथासम्भव बन्दसूचीको क्रम अनुसार हुनुपर्ने भनिएको छ।


निर्वाचन आयोगले दलहरूलाई बुधबार तीन दिनको समय दिएर समानुपातिक सांसद पठाउन भनेको छ। समानुपातिकमा देशभरबाट सबैभन्दा बढी भोट ल्याएको नेकपा एमालेले प्रत्यक्षतर्फ ४४ सिट जितेको छ भने समानुपातिकमा ३४ सिट जितेको छ। उसले सदर मतको १० प्रतिशत कटाएकोले सबै क्लस्टरअनुसार सांसद पठाउनुपर्ने हुन्छ। एमालेले ३१ जना महिला सांसद पठाउनुपर्छ। जसमध्ये १३ जना प्रत्यक्षतर्फबाट जितेका छन्। अब समानुपातिकबाट १८ जना महिला पठाउनुपर्ने हुन्छ। खसआर्यबाट ११ जना, आदिवासी जनजातिबाट १०, दलितबाट ५, मधेशीबाट ५, थारूबाट २, मुश्लिमबाट १ जना पठाउनुपर्ने हुन्छ।

को को होलान् त निर्वाचित ?

यसमा एमालेले निर्वाचन आयोगमा बुझाएको बन्दसूचीको क्रम अनुसार खोज्दा यी व्यक्ति निर्वाचित हुने देखिन्छ-

आदिवासी जनजाति १०

नैनकला थापा मगर, रुपन्देही (बन्दसूची क्रमसंख्या ३५)

सूर्यकुमारी श्रेष्ठ, दैलेख (बन्दसूची क्रमसंख्या ३६)

उर्मिला थेवे, ताप्लेजुङ ((बन्दसूची क्रमसंख्या ३७)

ईश्वरी घर्ती, रोल्पा (बन्दसूची क्रमसंख्या ३८)

रणकुमारी बलम्पाकी मगर, सिन्धुली (बन्दसूची क्रमसंख्या ३९)

शान्ति श्रेष्ठ, काठमाडौँ (बन्दसूची क्रमसंख्या ४०)

सरस्वती सुब्बा, सर्लाही (बन्दसूची क्रमसंख्या ४१)

अन्जान शाक्य, काठमाडौँ (बन्दसूची क्रमसंख्या ४२)

निरमाया पुलामी, झापा (बन्दसूची क्रमसंख्या ४३)

अमृता सुब्बा लिम्बु, सुनसरी  (बन्दसूची क्रमसंख्या ४४)

खस आर्य ११

मेनुकाकुमारी पोखरेल, दाङ (बन्दसूची क्रमसंख्या १)

सरिता भुसाल, नवलपरासी (बन्दसूची क्रमसंख्या २)

शोभा ज्ञवाली, बर्दिया (बन्दसूची क्रमसंख्या ३)

बिजुला रायमाझी, अर्घाखाँची (बन्दसूची क्रमसंख्या ४)

निर्मला कोइराला, सिन्धुली (बन्दसूची क्रमसंख्या ५)

सम्झना थपलिया, सिराहा (बन्दसूची क्रमसंख्या ६)

दीपा शर्मा, दैलेख (बन्दसूची क्रमसंख्या ७)

सुनीता बराल, झापा (बन्दसूची क्रमसंख्या ८)

भागरथी कुमारी चन्द, बझाङ (बन्दसूची क्रमसंख्या ९) पिछडिएको क्षेत्र

लिलाकुमारी भण्डारी, कैलाली (बन्दसूची क्रमसंख्या १०)

नर्वदा देवी शिवाकोटी पाठक (बन्दसूची क्रमसंख्या ११)

थारु २

अस्मा कुमारी चौधरी, दाङ (बन्दसूची क्रमसंख्या ६७)

शान्ति चौधरी, बर्दिया (बन्दसूची क्रमसंख्या ६८)

दलित ५

रुक्मणी राना बराइली, काभ्रेपलान्चोक (बन्दसूची क्रमसंख्या ७४)

हर्कमाया विश्वकर्मा, झापा (बन्दसूची क्रमसंख्या ७५)

इन्दिराकुमारी पन्थी, अर्घाखाँची (बन्दसूची क्रमसंख्या ७६)

अञ्जु प्रसाइँ बर्देवा, झापा (बन्दसूची क्रमसंख्या ७७)

अञ्जु नेपाली, बारा (बन्दसूची क्रमसंख्या ७८)

मधेसी ५

वीना देवी, रौतहट (बन्दसूची क्रमसंख्या ८९)

अमृता देवी अग्रहरी, कपिलवस्तु (बन्दसूची क्रमसंख्या ९०)

प्रतिक्षा तिवारी मुखिया, धनुषा (बन्दसूची क्रमसंख्या ९१)

यशोदा कुमारी, धनुषा (बन्दसूची क्रमसंख्या ९२)

बुधनीदेवी महतो नुनिया, महोत्तरी (बन्दसूची क्रमसंख्या ९३)

मुस्लिम १

रुही नाज, सर्लाही (बन्दसूची क्रमसंख्या १०६)

एमालेले बन्दसूची बुझाउने क्रममा सबै क्लस्टरको अगाडिका नम्बरमा महिला राखेका कारण यसमा सबैतिर महिलामात्रैको नाम देखिएको हो। २०७४ को चुनावमा एमालेले बुझाएको बन्दसूचीमा हरेक क्लस्टरको अगाडिका नम्बरमा पुरुष थिए। त्यसकारण पहिलो नम्बरका पुरुष र बाँकी महिला निर्वाचित भएका थिए। यस पटक भने महिला १८ जना मात्र भए पुग्ने भएकोले पार्टीले हरेक क्लस्टरको शीर्ष नम्बरमा रहेका पुरुषलाई पनि छानेर पठाउन सक्ने सम्भावना छ कि छैन कन्फ्युजन छ। बन्दसूचीको नम्बर अनुसार हेर्ने हो भने महिला नै निर्वाचित हुनुपर्ने हो।

यद्यपि पुरुष पनि निर्वाचित गरेर पठाउन सक्ने हो भने हरेक क्लस्टरका शीर्ष स्थानमा रहेका पुरुषहरु यी हुन्। यिनैमध्येबाट निर्वाचित हुनुपर्छ। पुरुषको नाम आउँदा माथि रहेका महिलाको नाम भने काटिनेछ। (यी मध्ये कसलाई निर्वाचित गर्ने, पार्टीले निर्णय गर्छ)

आदिवासी जनजातिका शीर्ष स्थानमा रहेका पुरुषहरु

देवीप्रसाद भट्टचन, ललितपुर (बन्दसूची क्रमसंख्या ५१)

हेमराज राई (बन्दसूची क्रमसंख्या ५२)

खस आर्यमा शीर्ष स्थानमा रहेका पुरुषहरु

रघुजी पन्त, काठमाडौँ (बन्दसूची क्रमसंख्या १८)

एकनाथ ढकाल, गोरखा (बन्दसूची क्रमसंख्या १९)

दयालबहादुर शाही, बाजुरा (पिछडिएको क्षेत्र) (बन्दसूची क्रमसंख्या २१)

थारु 

सत्यनारायण चौधरी, मोरङ (बन्दसूची क्रमसंख्या ७१)

दलित 

ईश्वरबहादुर रिजाल (विक), दोलखा (बन्दसूची क्रमसंख्या ८२)

प्रभु हजारा दुसाध, पर्सा (बन्दसूची क्रमसंख्या ८३)

मधेसी 

गंगाप्रसाद यादव, सिराहा (बन्दसूची क्रमसंख्या ९८)

अमृतलाल राजवंशी, झापा (बन्दसूची क्रमसंख्या ९९)

मुस्लिम 

सराज अहमद फारुकी, कपिलवस्तु (बन्दसूची क्रमसंख्या १०९)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह