१२ कार्तिक २०८१, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युक्रेनसँगको लडाइँमा सोचेभन्दा बढी समय लाग्यो : भ्लादिमिर पुटिन

२२ मंसिर २०७९, बिहीबार ०८:५०

मङ्सिर २२, काठमाडौँ | रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा आफ्नो ‘विशेष सैन्य अभियान’मा अपेक्षा गरिएभन्दा बढी समय लागेको स्वीकार गर्दै नयाँ भूभाग कब्जा गर्न सफल भएको र आफ्नो देशको आणविक हतियारले द्वन्द्व बढ्नबाट रोकेको बताउनुभएको छ । 

“निःसन्देह, यो एक लामो प्रक्रिया हुन सक्छ,” पुटिनले भन्नुभयो ।


फेब्रुअरी २४ मा रूसको आक्रमणबाट सुरु भएको नौ महिनाभन्दा लामो युद्धले लाखौंलाई आफ्नो घरबाट विस्थापित गरेको छ, र दशौं हजार घाइते वा मृत्यु हुनुपरेको छ । 

युद्धको लम्बाइ धेरै दिन हुने देखिएपनि तिनले ‘हाम्रो हितको लागि निरन्तर लड्ने र उपलब्ध सबै उपायहरू प्रयोग गरेर आफ्नो रक्षा गर्ने’ प्रतिज्ञा गर्दै कुनै सङ्केत देखाएनन् । उहाँले आफूसँग सेना पठाउनुको विकल्प नभएको दाबी गर्दै वर्षौंदेखि पश्चिमा मुलुकले रूसको सुरक्षा मागलाई ‘अनुहारमा थुक्ने मात्र’ जवाफ दिएको बताउनुभयो । 

रूसमा आफ्नो मानव अधिकार परिषद्का सदस्यहरूसँगको टेलिभिजन बैठकमा बोल्दै पुटिनले भूमि अधिग्रहणलाई ‘रूसका लागि महत्वपूर्ण परिणाम’ को रूपमा वर्णन गर्नुभयो र भन्नुभयो, “अजोभको सागर रूसको आन्तरिक समुद्र बनेको छ ।” 

आफूले प्रशंसा गर्ने एक जना रुसी नेतालाई बारम्बार उल्लेख गर्ने एउटा ऐतिहासिक प्रसङ्गमा उहाँले थप्नुभयो, “पिटर द ग्रेटले पानीको त्यो स्रोतमा पहुँच प्राप्त गर्न लडेका थिए ।”

तीव्र युक्रेनी प्रतिरोधका कारण कीभ लिन असफल भएपछि, रूसले आक्रमणको सुरुवातमा दक्षिणी युक्रेनको व्यापक भूभाग कब्जा गर्यो र लगभग तीन महिनाको घेराबन्दीपछि मे महिनामा मारिउपोलको अजोभ बन्दरगाहको प्रमुख सागर कब्जा गर्यो । गत सेप्टेम्बरमा पुटिनले युक्रेनका दक्षिणमा खेरसन र जापोरिजझिया र पूर्वमा डोनेट्स्क र लुहान्स्क गरी चार वटा क्षेत्रलाई रूसी भूभागमा मा गाभिएको औपचारिक घोषणा गर्नुभएको थियो । 

यसपहिले सन् २०१४ मा युक्रेनको क्रिमियन प्रायद्वीपलाई पनि रूसी सेनाको नियन्त्रणमा लिई यो भूभाग आफ्नो भएको घोषणा गरेको थियो । 

पुटिनले आणविक अस्त्रसम्बन्धी आफ्नो यसअघिको टिप्पणी ‘द्वन्द्व बढाउने कारक नभई प्रतिरोधको कारक’ भएको दाबी गर्दै पश्चिमाहरूको आलोचनालाई अस्वीकार गर्नुभयो । 

“हामी पागल भएका छैनौं । आणविक हतियार के हो भन्नेबारे हामी पूर्ण जानकार छौं,” पुटिनले भन्नुभयो । उहाँले भन्नुभयो, “हामीसँग ती हतियार छन् र ती अन्य कुनै पनि आणविक शक्तिको तुलनामा धेरै उन्नत र अत्याधुनिक छन् ।”

टेलिभिजनमा प्रशारित आफ्नो टिप्पणीमा रुसी नेताले आपूर्ति, घाइते सैनिकहरूको उपचार र सीमित परित्यागमा समस्या रहेको स्वीकार गर्नुभएको छ । उक्त अबसरमा पुटिनले युक्रेनमा सेनालाई बलियो बनाउन सेप्टेम्बरमा आदेश दिएका तीन लाख जगेडा सैनिक बलको परिचालनको बारेमा छलफल गर्नुभएको थियो । 

पुटिनका अनुसार हालसम्म करिब एक लाख ५० हजार मात्र लडाकू युक्रेनी क्षेत्रमा खटाइएका छन् भने बाँकीलाई सेनाले तालिम दिइराखेको छ । क्रेमलिनले अर्को परिचालनको तयारी गरिरहेको हुनसक्ने अनुमानबारे पुटिनले भन्नुभयो, “रूस र रूसी रक्षा मन्त्रालयले त्यसो गर्न आवश्यक ठानेको छैन ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एयर इण्डियाको जहाजमा शंकास्पद वस्तु भेटिएन, दिल्ली उडानको तयारी एमाले कार्यालयको जग्गादान प्रक्रिया तत्काल यथास्थितिमा राख्न अल्पकालीन आदेश रविले हिरासतमा कतिबेला भेटघाट गर्न पाउँछन्, बाँकी समय के गरेर बिताउँछन् ? बम राखिएको सूचनापछि दिल्ली उड्न लागेको एयर इण्डियाको विमानमा सर्च मुलुकभित्र वर्षेनी ५ लाख रोजगारीका अवसर सिर्जना गर्न आवश्यक: श्रममन्त्री भण्डारी सर्वोच्च अदालत कात्तिक १५ देखि १९ गतेसम्म बन्द रहने धोनीले आइपीएल खेल्ने इजरायली आक्रमणमा परेर गाजामा पछिल्लो २४ घण्टामा ७० जनाको ज्यान गयो अख्तियारलाई निजी क्षेत्रमा प्रवेश गराउनु उचित छैन : सांसद बडु सरकारले भ्रष्टाचारका बारेमा शून्य सहनशिलताको नीति अपनाउँछः गृहमन्त्री धनराज गुरूङमाथि अनुसन्धान गर्न गगन थापाको माग महोत्तरीमा अनुहार जलाइएको अवस्थामा महिलाको शव फेला, हत्याको आशंका गृहमन्त्रीलाई रास्वपा सांसदको आग्रह : लामिछाने भाग्दैनन्, बाहिरै राखेर अनुसन्धान होस् ज्योतिष डा.अधिकारी भन्छन् : ‘मुलुक मध्यावधिमा जान्छ, सरकार कामचलाउ हुन्छ’ बझाङमा जीप दुर्घटना, चारजना घाइते नेपाल र भारतबीच फुटबल, चलचित्र जस्तै ओलीले भने, ‘म आउन भ्याइँन गृहमन्त्री आउनुहुन्छ बैठकमा’ नेपाल प्रिमियर लिग: आठवटै टिमले पाए प्रशिक्षक, कुन टिममा को ? हालसम्मकै उच्च विन्दुबाट आज घट्यो सुनको भाउ, तोलाको कति? बालिका बलात्कार आरोपमा पक्राउ परेका सशस्त्र प्रहरीका जवानद्वारा आत्महत्या