१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रामेछापमा राहदानी आवेदन फाराम प्रशासन कार्यालयमै निःशुल्क

२२ मंसिर २०७९, बिहीबार १०:२१

मङ्सिर २२, काठमाडौँ | राहदानी लिन आवश्यक पर्ने अनलाइन आवेदन भर्दा सर्वसाधारण ठगिन थालेको भन्दै जिल्ला प्रशासन कार्यालय रामेछापले कार्यालयमै निःशुल्क फाराम भर्ने व्यवस्था मिलाएको छ । बाहिर फाराम भर्ना अनुचित रकम लिएको गुनासो आएपछि प्रशासन  कार्यालयले आइतबारदेखि आफ्नै कार्यालयमा डेस्क राखेर निःशुल्क फाराम भरिदिन थालेको हो । अनलाइनका लागि राहदानी फाराम भर्दा ३ सयदेखि १ हजारभन्दा बढीसम्म लिएको गुनासो प्रशासनमा पुगेको थियो । 


सहायक प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेका अनुसार बाहिरबाट भरेर आउने फारामलाई अब कार्यालयले स्वीकार गर्दैन । कार्यालयको एउटै डेस्कमा काम गर्दा केही समय प्रतीक्षा गर्नुपर्ने भए पनि पैसा नतिरी सेवा उपलब्ध गराइने उनले बताए ।

कार्यालयले बाहिरबाट भरेर ल्याएको फाराम अस्वीकार गर्न थालेपछि राहदानीको काम लिन भने यसअघिको भन्दा बढी समय लाग्न थालेको छ । केही दिनदेखि कार्यालयमा भिड लाग्न थालेको छ । राहदानीकै कामसँग जोडिएको अनलाइन भौचर भर्ने र फोटोकपीलगायत कामका लागि भने बाहिरै निर्भर हुनु परेको छ ।

अनलाइन फाराम भर्न प्रशासन कार्यालयको डेस्कमा निःशुल्क पाए पनि सर्वसाधारणले राजस्व भौचर भर्न र फोटोकपीलगायत कार्यका लागि बजारमै पुग्नुपर्ने बाध्यता छ । फाराम भर्ने काम खोसिएपछि व्यवसायीहरूले राजस्व भौचर भर्ने काममा पनि सर्वसाधारणबाट बढी पैसा लिन थालेका छन् । केही व्यवसायीहरूले विद्युतीय माध्यमबाट राजस्व जम्मा गरिदिने र त्यस्तो कागज बैंकमा पुर्‍याएर प्रमाणित गराउन थालेका छन् । उक्त कार्यका लागि पनि १ सय रुपैयाँ लिन थालेको गुनासो सर्वसाधारणको छ ।

जिल्ला प्रशासन कार्यालयले भने सर्वसाधारणका लागि सहज सेवा उपलब्ध गराउन अर्को डेस्कसमेत थप्ने तयारी थालेको छ । यसअघि जिल्ला प्रशासन कार्यालयमा पेश गर्ने विभिन्न खाले निवेदन र अनुसूचीहरू प्रशासन आफैँले छापेर निःशुल्क दिँदै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह