२०८३, ३ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रामेछापमा राहदानी आवेदन फाराम प्रशासन कार्यालयमै निःशुल्क

२०७९, २२ मंसिर बिहीबार १०:२१

मङ्सिर २२, काठमाडौँ | राहदानी लिन आवश्यक पर्ने अनलाइन आवेदन भर्दा सर्वसाधारण ठगिन थालेको भन्दै जिल्ला प्रशासन कार्यालय रामेछापले कार्यालयमै निःशुल्क फाराम भर्ने व्यवस्था मिलाएको छ । बाहिर फाराम भर्ना अनुचित रकम लिएको गुनासो आएपछि प्रशासन  कार्यालयले आइतबारदेखि आफ्नै कार्यालयमा डेस्क राखेर निःशुल्क फाराम भरिदिन थालेको हो । अनलाइनका लागि राहदानी फाराम भर्दा ३ सयदेखि १ हजारभन्दा बढीसम्म लिएको गुनासो प्रशासनमा पुगेको थियो । 


सहायक प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेका अनुसार बाहिरबाट भरेर आउने फारामलाई अब कार्यालयले स्वीकार गर्दैन । कार्यालयको एउटै डेस्कमा काम गर्दा केही समय प्रतीक्षा गर्नुपर्ने भए पनि पैसा नतिरी सेवा उपलब्ध गराइने उनले बताए ।

कार्यालयले बाहिरबाट भरेर ल्याएको फाराम अस्वीकार गर्न थालेपछि राहदानीको काम लिन भने यसअघिको भन्दा बढी समय लाग्न थालेको छ । केही दिनदेखि कार्यालयमा भिड लाग्न थालेको छ । राहदानीकै कामसँग जोडिएको अनलाइन भौचर भर्ने र फोटोकपीलगायत कामका लागि भने बाहिरै निर्भर हुनु परेको छ ।

अनलाइन फाराम भर्न प्रशासन कार्यालयको डेस्कमा निःशुल्क पाए पनि सर्वसाधारणले राजस्व भौचर भर्न र फोटोकपीलगायत कार्यका लागि बजारमै पुग्नुपर्ने बाध्यता छ । फाराम भर्ने काम खोसिएपछि व्यवसायीहरूले राजस्व भौचर भर्ने काममा पनि सर्वसाधारणबाट बढी पैसा लिन थालेका छन् । केही व्यवसायीहरूले विद्युतीय माध्यमबाट राजस्व जम्मा गरिदिने र त्यस्तो कागज बैंकमा पुर्‍याएर प्रमाणित गराउन थालेका छन् । उक्त कार्यका लागि पनि १ सय रुपैयाँ लिन थालेको गुनासो सर्वसाधारणको छ ।

जिल्ला प्रशासन कार्यालयले भने सर्वसाधारणका लागि सहज सेवा उपलब्ध गराउन अर्को डेस्कसमेत थप्ने तयारी थालेको छ । यसअघि जिल्ला प्रशासन कार्यालयमा पेश गर्ने विभिन्न खाले निवेदन र अनुसूचीहरू प्रशासन आफैँले छापेर निःशुल्क दिँदै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दोश्रो राष्ट्रिय कुलिनरि प्रतियोगिताको उपाधि आरोमा हस्पिटालिटि बुटवललाई मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु म पार्टी विभाजनको बाटोमा जान हुन्न भन्दै आइरहेको छु: पूर्णबहादुर खड्का प्रधानमन्त्री कार्यालयको नाम लिएर फोन गरी धम्की दिने १ जना पक्राउ अमेरिकामाथि नेपालको सानदार जित वीरगञ्ज भन्सारबाट १० महिनामा झन्डै दुई खर्ब रुपैयाँ राजस्व संकलन दुल्लुका वडा सचिवलाई धम्की दिनेलाई तत्काल कारबाही गर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुन्धारा कारागारबाट महिला कैदी फरार काठमाडौँ उपत्यकाभित्र सञ्चालनमा रहेका विभिन्न कन्सल्टेन्सीमा प्रहरीको छापा, ६९ सञ्चालक पक्राउ नेपालविरुद्ध पहिले ब्याटिङ गर्दै अमेरिका ५६ लाखको अवैध भेपसहित सात जना पक्राउ ट्राफिक कारबाहीमा एकै दिन २० लाख ३९ हजार राजस्व सङ्कलन दमकमा नेपाली खाना पकाउने प्रतियोगिता सहित फुड फेस्टिभल सुरु, ६६ जना प्रतिष्पर्धी सहभागी कांग्रेसले बोलायो केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक सात खर्ब ५५ अर्ब पुग्यो बेरुजु अनुदानमा उपलब्ध गराएको रासायनिक मलको कालोबजारी गर्नेलाई कारबाही गरिने नयाँ सामग्री खरिद नगर्न निर्देशन मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु राष्ट्रपति पौडेलसँग राष्ट्रसंघीय प्रतिनिधिको भेट सुनचाँदीको मूल्यमा गिरावट