१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

एमालेले यसरी छान्दैछ १०२ समानुपातिक सांसद

२३ मंसिर २०७९, शुक्रबार ०६:१३

मङ्सिर २३, काठमाडौँ | नेकपा एमालेले प्रतिनिधि सभा र प्रदेश सभाका १०२ जना समानुपातिक सांसद छान्दैछ । निर्वाचन आयोगले प्रत्यक्षतर्फ निर्वाचित सांसदहरुको नाम सार्वजनिक गरेसँगै दलहरुलाई बन्दसूचीमा समावेश नामहरूलाई क्लस्टर मिलाएर पार्टीले पाएको मतअनुसार नाम पठाउन निर्देशन दिएपछि सोही अनुसार  एमालेले आज बैठक बसेर प्रतिनिधि सभातर्फ ३४ र प्रदेश सभातर्फका ६८ गरी १०२ जना समानपातिकबाट निर्वाचित हुने नाम निर्वाचन आयोगलाई पठाउन लागेको हो । त्यसका लागि शुक्रबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा सचिवालय बैठक बोलाएको एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले बताए ।

प्रतिनिधि सभाको समानुपातिकमा एमालेले ३४ मध्ये १९ जना महिला र १५ जना पुरुषको नाम पठाउने तयारी गरेको छ । यसअघि एमालेले ११० जनाको बन्दसूची आयोगलाई बुझाएको थियो । त्यहीभित्रबाट सिट अनुसार नामहरु मिलाएर पठाउनुपर्नेछ ।

जसमा खस आर्य क्लस्टरबाट ५ महिला र ६ पुरुषसहित ११ जना हुनेछन् । त्यस्तै आदिवासी जनजाति क्लस्टरबाट १० जना समानुपातिक सांसद बन्नेछन् । त्यसमा चार पुरुष र ६ महिला हुनेछन् । त्यसैगरी दलित क्लस्टरबाट  ५ जना त्यसमा दुई पुरुष र  तीन महिला हुनेछन् । मधेसीतर्फ ५ जना त्यसमा दुई पुरुष र  तीन महिला छान्नुपर्ने हुन्छ।  

यस्तै प्रदेश सभाका लागि ६८ जनाको नाम क्लस्टर मिलाएर सकेसम्म आजै आयोगलाई बुझाउने गुरुङको भनाइ छ । एमालेले निर्वाचनमा पाएको समानुपातिक मतअनुसार प्रदेश १ बाट १५, मधेस प्रदेशबाट ८,वागमती प्रदेशबाट १२, गण्डकी प्रदेशबाट १०, लुम्बिनी प्रदेशबाट ११,कर्णाली प्रदेशबाट ५ र सुदूरपश्चिमम प्रदेशबाट ७ जना प्रदेश सांसद छान्नुपर्ने हुन्छ। 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार