२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

एमालेले यसरी छान्दैछ १०२ समानुपातिक सांसद

२०७९, २३ मंसिर शुक्रबार ०६:१३

मङ्सिर २३, काठमाडौँ | नेकपा एमालेले प्रतिनिधि सभा र प्रदेश सभाका १०२ जना समानुपातिक सांसद छान्दैछ । निर्वाचन आयोगले प्रत्यक्षतर्फ निर्वाचित सांसदहरुको नाम सार्वजनिक गरेसँगै दलहरुलाई बन्दसूचीमा समावेश नामहरूलाई क्लस्टर मिलाएर पार्टीले पाएको मतअनुसार नाम पठाउन निर्देशन दिएपछि सोही अनुसार  एमालेले आज बैठक बसेर प्रतिनिधि सभातर्फ ३४ र प्रदेश सभातर्फका ६८ गरी १०२ जना समानपातिकबाट निर्वाचित हुने नाम निर्वाचन आयोगलाई पठाउन लागेको हो । त्यसका लागि शुक्रबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा सचिवालय बैठक बोलाएको एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले बताए ।

प्रतिनिधि सभाको समानुपातिकमा एमालेले ३४ मध्ये १९ जना महिला र १५ जना पुरुषको नाम पठाउने तयारी गरेको छ । यसअघि एमालेले ११० जनाको बन्दसूची आयोगलाई बुझाएको थियो । त्यहीभित्रबाट सिट अनुसार नामहरु मिलाएर पठाउनुपर्नेछ ।

जसमा खस आर्य क्लस्टरबाट ५ महिला र ६ पुरुषसहित ११ जना हुनेछन् । त्यस्तै आदिवासी जनजाति क्लस्टरबाट १० जना समानुपातिक सांसद बन्नेछन् । त्यसमा चार पुरुष र ६ महिला हुनेछन् । त्यसैगरी दलित क्लस्टरबाट  ५ जना त्यसमा दुई पुरुष र  तीन महिला हुनेछन् । मधेसीतर्फ ५ जना त्यसमा दुई पुरुष र  तीन महिला छान्नुपर्ने हुन्छ।  

यस्तै प्रदेश सभाका लागि ६८ जनाको नाम क्लस्टर मिलाएर सकेसम्म आजै आयोगलाई बुझाउने गुरुङको भनाइ छ । एमालेले निर्वाचनमा पाएको समानुपातिक मतअनुसार प्रदेश १ बाट १५, मधेस प्रदेशबाट ८,वागमती प्रदेशबाट १२, गण्डकी प्रदेशबाट १०, लुम्बिनी प्रदेशबाट ११,कर्णाली प्रदेशबाट ५ र सुदूरपश्चिमम प्रदेशबाट ७ जना प्रदेश सांसद छान्नुपर्ने हुन्छ। 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल