१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काठमाडौंमा यसकारण भयो अत्यधिक जाम : ‘सर्भिस लेन’बाट सवारी पास गर्दै ट्राफिक

२३ मंसिर २०७९, शुक्रबार ०९:२२

मङ्सिर २३, काठमाडौँ । काठमाडौंमा शुक्रबार (आज) अत्यधिक सवारी जाम भएको छ । विशेष गरी कोटेश्वर–बल्खु रुट र ‘कोर एरिया’मा ट्राफिक जाम भएको छ ।

काठमाडौं उपत्यका ट्राफिक कार्यालयकी डीआईजी मीरा चौधरीले पुल्चोक इन्जिनियरिङ क्याम्पसमा दीक्षान्त समारोह हुने भएकाले ‘कोर सिटी’मा अत्यधिक जाम भएको बताइन् ।


दीक्षान्त समारोहमा करिब १० हजारजना सहभागी हुने भएकाले कोर सिटीमा अत्यधिक जाम भएको उनको भनाइ छ । अझै केही समय जाम रहने र त्यसपछि सहजीकरण हुँदै जाने ट्राफिकले जनाएको छ ।

यस्तै, ललितपुरको ग्वार्कोमा फ्लाइओभर निर्माण भइरहेकाले कोटेश्वर–बल्खु रुटमा जाम भएको डीआइजी चौधरीले बताइन् । उनका अनुसार फ्लाइओभर १४ महिनाभित्र निर्माण पूरा हुनेछ ।

सवारीसाधनको सहजीकरणका लागि ठूलो संख्यामा ट्राफिक प्रहरी परिचालन गरिएको छ । ‘सर्भिस लेन’बाट सवारी पास भइरहेको उनले बताइन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह