१२ कार्तिक २०८१, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

समानुपातिकमा ५ महिला अनिवार्य हुँदा राप्रपामा त्रिपक्षीय प्रतिस्पर्धा

२३ मंसिर २०७९, शुक्रबार ०९:५०

मङ्सिर २३, काठमाडौँ । प्रतिनिधि सभाको भदौ १९ गतेको बैठकमा आफ्नो अन्तिम भनाइ राख्दै राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले संसद्‌बाट राजनीमा घोषणा गर्दै आफू अर्को संसद्‌मा दलबलसहित आउने घोषणा गरेका थिए। 

यो पाँच वर्षमा धेरै तिता-मिठा अनुभव सँगाल्नुपरेको बताउँदै उनले एक्लो हुँदा उपेक्षित भएको बताएका थिए। उनले भनेका थिए, 'एक्लो सांसद होइन, बलियो पार्टीको रुपमा आउने संकल्प र अठोटका साथ निर्वाचनमा जाँदैछु।’

अध्यक्ष लिङ्देनले आफ्नो घोषणा अनुरुपकै नतिजा हासिल गरेका छन्। राप्रपा छटौं दल बन्न सफल भएको छ। प्रत्यक्षतर्फ ७ सिट जितेको पार्टीले समानुपातिकमा पनि त्यति नै हासिल गरेको छ।


राप्रपाले निर्वाचन आयोगमा बुझाएको बन्दसूचीका आधारमा समानुपातिकतर्फ सांसद् चुन्ने तयारी गरिरहेको छ। हरेक राष्ट्रिय दलले संघीय संसद्‌मा कम्तीमा ३३ प्रतिशत महिला सांसदको प्रतिनिधित्व गराउनुपर्ने संवैधानिक व्यवस्था छ। राष्ट्रिय सभा र प्रतिनिधि सभा दुवैतर्फ जोडेर पुर्‍याउनुपर्ने हुन्छ।

राप्रपाबाट प्रत्यक्षमा कुनै पनि महिला निर्वाचित हुन सकेनन्। त्यसैले १४ जना सांसदका आधारमा ५ जना महिला समानुपातिकबाटै पठाउनुपर्नेछ।  

त्यसभित्र पनि २ जना आदिवासी जनजाति, दुई खस-आर्य र एक मधेसी अनिवार्य गरिएको छ। आदिवासीबाट एक जना पुरुष र एक जना महिला लैजाने सम्भावना धेरै रहेको पार्टीका नेताहरु बताउँछन्। 

पुरुषतर्फ बुद्धिमान तामाङले अवसर पाउन सक्छन् भने महिलामा विना लामा तामाङ समेटिनेछिन्। महिला धेरै लिनुपर्ने भएकाले यो कलस्टरबाट विनिता मगैयाको पनि सम्भावना रहन्छ।

यस्तै खस आर्यबाट पनि पुरुषमा पशुपति शमशेर राणाको सम्भावना बलियो छ। यदि अन्य कलस्टरबाट पुरुष नल्याउने हो भने डा प्रकाशचन्द्र लोहनीले यही कलस्टरबाट अवसर पाउन सक्छन्। 

यो कलस्टरबाट महिला रोशन कार्की पहिलो छनोटमा पर्नेछिन्। सम्भावना रहेकाहरुमा गीता बस्नेत र अञ्जना शाह रावल छन्। 

मधेशी अनिवार्य गरिएकाले महिलाका साथै मधेसी कोटा पूरा गर्न विना जयसवाललाई सांसद् बनाउने सम्भावना धेरै देखिन्छ। यदि माथिका दुई कलस्टरबाट पुरुष परेनन् भने प्रह्लादप्रसाद साहको पालो आउनेछ।

अन्य कलस्टरहरुमा थारु पुरुषको पहिलो नम्बरमा गिरिधारीप्रसाद चौधरी छन् भने महिलामा शिलाकुमारी थारु छिन्। दलितमा ऋषिबाबु परियार र अनिषा नेपाली पहिलो नम्बरमा छन्। मुस्लिममा अन्जरा आलम र नजिया खातुन रहेका छन्।

दुई सिटमा त्रिपक्षीय प्रतिस्पर्धा

लिङदेनले अहिले गरिरहेको 'आदर्श'को राजनीति हो। उनी अन्य पार्टीका नेताभन्दा आफूलाई फरक देखाउन चाहन्छन्। त्यही वाचा गरेर एक जनाबाट १४ सांसद् पुर्‍याएका छन्। 

कानुनले अनिवार्य नगरे पनि राप्रपालाई एउटा धर्मसंकट अवश्य पर्नेछ। सीमान्तकृत र पिछडिएको वर्गबाट सांसद् चुन्नुपर्ने हुन्छ। जस्तो: दलित, मुस्लिम आदिबाट सांसद् बनाउनु अनिवार्य हुँदैन। तर त्यताबाट नसमेट्दा प्रश्न स्वभाविक रुपमा उठ्छ।

त्यताबाट समेट्दा अर्को सकस छ, पार्टीका हेबिवेट नेता राणा र तामाङ छुट्छन्। जसले सांसद् बन्नका लागि चुनावअघि नै रस्साकस्सी समेत गरेका छन्। 

त्यसमा पनि राणाले यस पटक सांसद बन्नका लागि धेरै मिहिनेत र आकांक्षा राखेका छन्। आर्थिक रुपमा पनि पार्टीलाई 'ब्याकअप' गरेका छन्। 

उनले समानुपातिकतर्फ पहिलो नम्बरमा पर्न वरिष्ठ नेता डा लोहनीसँग गोलाप्रथा गर्नुपरेको थियो। गोला प्रथाबाट दोस्रो नम्बरमा पुगे पनि सांसद् बन्ने दावी डा लोहनीले पनि छाड्ने छैनन्। 

उता दुई कलस्टर एकसाथ पूरा हुने उपसभापति तामाङको दावी पनि रहनेछ। राप्रपाले पाउने जम्मा दुई सिटमा प्रतिस्पर्धा त्रिपक्षीय बनेको छ। राणा छुट्ने सम्भावना त न्यून देखिन्छ तर तामाङ र डा लोहनीको भने प्रतिस्पर्धा कायम छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एयर इण्डियाको जहाजमा शंकास्पद वस्तु भेटिएन, दिल्ली उडानको तयारी एमाले कार्यालयको जग्गादान प्रक्रिया तत्काल यथास्थितिमा राख्न अल्पकालीन आदेश रविले हिरासतमा कतिबेला भेटघाट गर्न पाउँछन्, बाँकी समय के गरेर बिताउँछन् ? बम राखिएको सूचनापछि दिल्ली उड्न लागेको एयर इण्डियाको विमानमा सर्च मुलुकभित्र वर्षेनी ५ लाख रोजगारीका अवसर सिर्जना गर्न आवश्यक: श्रममन्त्री भण्डारी सर्वोच्च अदालत कात्तिक १५ देखि १९ गतेसम्म बन्द रहने धोनीले आइपीएल खेल्ने इजरायली आक्रमणमा परेर गाजामा पछिल्लो २४ घण्टामा ७० जनाको ज्यान गयो अख्तियारलाई निजी क्षेत्रमा प्रवेश गराउनु उचित छैन : सांसद बडु सरकारले भ्रष्टाचारका बारेमा शून्य सहनशिलताको नीति अपनाउँछः गृहमन्त्री धनराज गुरूङमाथि अनुसन्धान गर्न गगन थापाको माग महोत्तरीमा अनुहार जलाइएको अवस्थामा महिलाको शव फेला, हत्याको आशंका गृहमन्त्रीलाई रास्वपा सांसदको आग्रह : लामिछाने भाग्दैनन्, बाहिरै राखेर अनुसन्धान होस् ज्योतिष डा.अधिकारी भन्छन् : ‘मुलुक मध्यावधिमा जान्छ, सरकार कामचलाउ हुन्छ’ बझाङमा जीप दुर्घटना, चारजना घाइते नेपाल र भारतबीच फुटबल, चलचित्र जस्तै ओलीले भने, ‘म आउन भ्याइँन गृहमन्त्री आउनुहुन्छ बैठकमा’ नेपाल प्रिमियर लिग: आठवटै टिमले पाए प्रशिक्षक, कुन टिममा को ? हालसम्मकै उच्च विन्दुबाट आज घट्यो सुनको भाउ, तोलाको कति? बालिका बलात्कार आरोपमा पक्राउ परेका सशस्त्र प्रहरीका जवानद्वारा आत्महत्या