२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

समानुपातिकमा ५ महिला अनिवार्य हुँदा राप्रपामा त्रिपक्षीय प्रतिस्पर्धा

२०७९, २३ मंसिर शुक्रबार ०९:५०

मङ्सिर २३, काठमाडौँ । प्रतिनिधि सभाको भदौ १९ गतेको बैठकमा आफ्नो अन्तिम भनाइ राख्दै राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले संसद्‌बाट राजनीमा घोषणा गर्दै आफू अर्को संसद्‌मा दलबलसहित आउने घोषणा गरेका थिए। 

यो पाँच वर्षमा धेरै तिता-मिठा अनुभव सँगाल्नुपरेको बताउँदै उनले एक्लो हुँदा उपेक्षित भएको बताएका थिए। उनले भनेका थिए, 'एक्लो सांसद होइन, बलियो पार्टीको रुपमा आउने संकल्प र अठोटका साथ निर्वाचनमा जाँदैछु।’

अध्यक्ष लिङ्देनले आफ्नो घोषणा अनुरुपकै नतिजा हासिल गरेका छन्। राप्रपा छटौं दल बन्न सफल भएको छ। प्रत्यक्षतर्फ ७ सिट जितेको पार्टीले समानुपातिकमा पनि त्यति नै हासिल गरेको छ।


राप्रपाले निर्वाचन आयोगमा बुझाएको बन्दसूचीका आधारमा समानुपातिकतर्फ सांसद् चुन्ने तयारी गरिरहेको छ। हरेक राष्ट्रिय दलले संघीय संसद्‌मा कम्तीमा ३३ प्रतिशत महिला सांसदको प्रतिनिधित्व गराउनुपर्ने संवैधानिक व्यवस्था छ। राष्ट्रिय सभा र प्रतिनिधि सभा दुवैतर्फ जोडेर पुर्‍याउनुपर्ने हुन्छ।

राप्रपाबाट प्रत्यक्षमा कुनै पनि महिला निर्वाचित हुन सकेनन्। त्यसैले १४ जना सांसदका आधारमा ५ जना महिला समानुपातिकबाटै पठाउनुपर्नेछ।  

त्यसभित्र पनि २ जना आदिवासी जनजाति, दुई खस-आर्य र एक मधेसी अनिवार्य गरिएको छ। आदिवासीबाट एक जना पुरुष र एक जना महिला लैजाने सम्भावना धेरै रहेको पार्टीका नेताहरु बताउँछन्। 

पुरुषतर्फ बुद्धिमान तामाङले अवसर पाउन सक्छन् भने महिलामा विना लामा तामाङ समेटिनेछिन्। महिला धेरै लिनुपर्ने भएकाले यो कलस्टरबाट विनिता मगैयाको पनि सम्भावना रहन्छ।

यस्तै खस आर्यबाट पनि पुरुषमा पशुपति शमशेर राणाको सम्भावना बलियो छ। यदि अन्य कलस्टरबाट पुरुष नल्याउने हो भने डा प्रकाशचन्द्र लोहनीले यही कलस्टरबाट अवसर पाउन सक्छन्। 

यो कलस्टरबाट महिला रोशन कार्की पहिलो छनोटमा पर्नेछिन्। सम्भावना रहेकाहरुमा गीता बस्नेत र अञ्जना शाह रावल छन्। 

मधेशी अनिवार्य गरिएकाले महिलाका साथै मधेसी कोटा पूरा गर्न विना जयसवाललाई सांसद् बनाउने सम्भावना धेरै देखिन्छ। यदि माथिका दुई कलस्टरबाट पुरुष परेनन् भने प्रह्लादप्रसाद साहको पालो आउनेछ।

अन्य कलस्टरहरुमा थारु पुरुषको पहिलो नम्बरमा गिरिधारीप्रसाद चौधरी छन् भने महिलामा शिलाकुमारी थारु छिन्। दलितमा ऋषिबाबु परियार र अनिषा नेपाली पहिलो नम्बरमा छन्। मुस्लिममा अन्जरा आलम र नजिया खातुन रहेका छन्।

दुई सिटमा त्रिपक्षीय प्रतिस्पर्धा

लिङदेनले अहिले गरिरहेको 'आदर्श'को राजनीति हो। उनी अन्य पार्टीका नेताभन्दा आफूलाई फरक देखाउन चाहन्छन्। त्यही वाचा गरेर एक जनाबाट १४ सांसद् पुर्‍याएका छन्। 

कानुनले अनिवार्य नगरे पनि राप्रपालाई एउटा धर्मसंकट अवश्य पर्नेछ। सीमान्तकृत र पिछडिएको वर्गबाट सांसद् चुन्नुपर्ने हुन्छ। जस्तो: दलित, मुस्लिम आदिबाट सांसद् बनाउनु अनिवार्य हुँदैन। तर त्यताबाट नसमेट्दा प्रश्न स्वभाविक रुपमा उठ्छ।

त्यताबाट समेट्दा अर्को सकस छ, पार्टीका हेबिवेट नेता राणा र तामाङ छुट्छन्। जसले सांसद् बन्नका लागि चुनावअघि नै रस्साकस्सी समेत गरेका छन्। 

त्यसमा पनि राणाले यस पटक सांसद बन्नका लागि धेरै मिहिनेत र आकांक्षा राखेका छन्। आर्थिक रुपमा पनि पार्टीलाई 'ब्याकअप' गरेका छन्। 

उनले समानुपातिकतर्फ पहिलो नम्बरमा पर्न वरिष्ठ नेता डा लोहनीसँग गोलाप्रथा गर्नुपरेको थियो। गोला प्रथाबाट दोस्रो नम्बरमा पुगे पनि सांसद् बन्ने दावी डा लोहनीले पनि छाड्ने छैनन्। 

उता दुई कलस्टर एकसाथ पूरा हुने उपसभापति तामाङको दावी पनि रहनेछ। राप्रपाले पाउने जम्मा दुई सिटमा प्रतिस्पर्धा त्रिपक्षीय बनेको छ। राणा छुट्ने सम्भावना त न्यून देखिन्छ तर तामाङ र डा लोहनीको भने प्रतिस्पर्धा कायम छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल