२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

नयाँ सरकारको प्राथमिकता आर्थिक विकास : गृहमन्त्री खाण

२०७९, २३ मंसिर शुक्रबार १०:२०

मङ्सिर २३, भैरहवा | गृहमन्त्री बालकृष्ण खाणले नया बन्ने सरकारको पहिलो प्राथमिकता आर्थिक क्षेत्रको विकास रहेको बताउनुभएको छ । 

भैरहवामा आजदेखि सुरु भएको आठौँ लुम्बिनी राष्ट्रिय महोत्सवको उद्घाटन गर्नुहुँदै मन्त्री खाणले यो सरकारले उद्योगी व्यवसायीको विषयलाई गम्भीरताका साथ लिएको बताउँदै नयाँ बन्ने सरकारको पहिलो प्राथमिकता आर्थिक क्षेत्रलाई अझै चलायमान बनाएर यो क्षेत्रको विकास गर्नु हो भन्नुभयो ।  

गृहमन्त्री खाणले सिद्धार्थमण्डपको व्यवस्थापन नगरपालिकाले गरे बजेट व्यवस्थापन सरकारले गर्ने आश्वासन दिनुभएको छ । सिद्धार्थनगरको सुखदुःखमा साथ रहने प्रतिबद्धतासँगै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आर्थिक विकासको केन्द्र बन्ने खाणको भनाइ छ । भविष्यमा विमानस्थलले आम नागरिकको जीवनमा परिवर्तन ल्याउने उहाँको अपेक्षा थियो । 

कार्यक्रममा सिद्धार्थ उद्योग वाणिज्य सङ्घका अध्यक्ष भीष्म न्यौपानेले अप्ठयारो परिस्थितिमा पनि आशा नमरेको बताउनुभयो । “आशा मरेको छैन यसैभित्र सम्भावनाको खोजीमा निजी क्षेत्र रहेको छ ।” उहाँले भन्नुभयो, “यसको लागि सही सरकारी नीति, निजी क्षेत्र मैत्रीय बनाउनुका साथै अब आर्थिक क्रान्तिका बारेमा बहस गर्न जरुरी छ ।” 

‘पर्यटन, कृषि र उद्योगको  बृहत्तर विकास, राष्ट्रिय समृद्धिको आधार’ भन्ने नाराकासाथ भैरहवामा आठौँ लुम्बिनी राष्ट्रिय महोत्सव आजदेखि सुरु भएको छ । 

सिद्धार्थनगर उद्योग वाणिज्य सङ्घको आयोजनामा पुस ४ गतेसम्म हुने मेलामा स्वदेशी, गुणस्तरीय वस्तु तथा सेवाको उपभोगप्रति उपभोक्तालाई जागरुक बनाई सीमावर्ती बजारमा पाइने सामानबीचको तुलनात्मक मूल्यका बारेमा उपभोक्तालाई जानकारी दिने सङ्घका वरिष्ठ उपाध्यक्ष ठाकुरकुमार श्रेष्ठले बताउनुभयो । 

विभिन्न उद्योग तथा व्यापारिक प्रतिष्ठान, स्थानीय घरेलु तथा साना उद्योग, महिला उद्यमी व्यवसायीले भाग लिने लुम्बिनी महोत्सव २०७९ मा दुई सय ५० स्टल रहेको छ । मेलामा आउने दर्शकलाई लुम्बिनीसँग सम्बन्धित तिलौराकोट, देवदह, रामग्राममा अवस्थित पुरातात्विक पर्यटकीय क्षेत्रमा विशेष प्याकेज बनाई भ्रमणको व्यवस्था गराइने प्रचारप्रसार समिति संयोजक कृष्णप्रसाद घिमिरेले बताउनुभयो । 

करिब दुई लाख ५० हजार दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको १० दिने मेलामा करिब रु १० करोड बराबरको कारोबार हुने अनुमान गरिएको घिमिरेले बताउनुभयो । यसले महोत्सबाट थप अर्थिक गतिविधि चलायमान हुने उहाँको भनाइ छ । भैरहवाको अञ्चलपुरमा सञ्चालन गरिने मेलाको प्रवेश शुल्क रु ५० तोकिएका छ । विद्यार्थीसँग रु ३०  मात्र शुल्क लिने आयोजकले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा