१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

नयाँ सरकारको प्राथमिकता आर्थिक विकास : गृहमन्त्री खाण

२३ मंसिर २०७९, शुक्रबार १०:२०

मङ्सिर २३, भैरहवा | गृहमन्त्री बालकृष्ण खाणले नया बन्ने सरकारको पहिलो प्राथमिकता आर्थिक क्षेत्रको विकास रहेको बताउनुभएको छ । 

भैरहवामा आजदेखि सुरु भएको आठौँ लुम्बिनी राष्ट्रिय महोत्सवको उद्घाटन गर्नुहुँदै मन्त्री खाणले यो सरकारले उद्योगी व्यवसायीको विषयलाई गम्भीरताका साथ लिएको बताउँदै नयाँ बन्ने सरकारको पहिलो प्राथमिकता आर्थिक क्षेत्रलाई अझै चलायमान बनाएर यो क्षेत्रको विकास गर्नु हो भन्नुभयो ।  

गृहमन्त्री खाणले सिद्धार्थमण्डपको व्यवस्थापन नगरपालिकाले गरे बजेट व्यवस्थापन सरकारले गर्ने आश्वासन दिनुभएको छ । सिद्धार्थनगरको सुखदुःखमा साथ रहने प्रतिबद्धतासँगै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आर्थिक विकासको केन्द्र बन्ने खाणको भनाइ छ । भविष्यमा विमानस्थलले आम नागरिकको जीवनमा परिवर्तन ल्याउने उहाँको अपेक्षा थियो । 

कार्यक्रममा सिद्धार्थ उद्योग वाणिज्य सङ्घका अध्यक्ष भीष्म न्यौपानेले अप्ठयारो परिस्थितिमा पनि आशा नमरेको बताउनुभयो । “आशा मरेको छैन यसैभित्र सम्भावनाको खोजीमा निजी क्षेत्र रहेको छ ।” उहाँले भन्नुभयो, “यसको लागि सही सरकारी नीति, निजी क्षेत्र मैत्रीय बनाउनुका साथै अब आर्थिक क्रान्तिका बारेमा बहस गर्न जरुरी छ ।” 

‘पर्यटन, कृषि र उद्योगको  बृहत्तर विकास, राष्ट्रिय समृद्धिको आधार’ भन्ने नाराकासाथ भैरहवामा आठौँ लुम्बिनी राष्ट्रिय महोत्सव आजदेखि सुरु भएको छ । 

सिद्धार्थनगर उद्योग वाणिज्य सङ्घको आयोजनामा पुस ४ गतेसम्म हुने मेलामा स्वदेशी, गुणस्तरीय वस्तु तथा सेवाको उपभोगप्रति उपभोक्तालाई जागरुक बनाई सीमावर्ती बजारमा पाइने सामानबीचको तुलनात्मक मूल्यका बारेमा उपभोक्तालाई जानकारी दिने सङ्घका वरिष्ठ उपाध्यक्ष ठाकुरकुमार श्रेष्ठले बताउनुभयो । 

विभिन्न उद्योग तथा व्यापारिक प्रतिष्ठान, स्थानीय घरेलु तथा साना उद्योग, महिला उद्यमी व्यवसायीले भाग लिने लुम्बिनी महोत्सव २०७९ मा दुई सय ५० स्टल रहेको छ । मेलामा आउने दर्शकलाई लुम्बिनीसँग सम्बन्धित तिलौराकोट, देवदह, रामग्राममा अवस्थित पुरातात्विक पर्यटकीय क्षेत्रमा विशेष प्याकेज बनाई भ्रमणको व्यवस्था गराइने प्रचारप्रसार समिति संयोजक कृष्णप्रसाद घिमिरेले बताउनुभयो । 

करिब दुई लाख ५० हजार दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको १० दिने मेलामा करिब रु १० करोड बराबरको कारोबार हुने अनुमान गरिएको घिमिरेले बताउनुभयो । यसले महोत्सबाट थप अर्थिक गतिविधि चलायमान हुने उहाँको भनाइ छ । भैरहवाको अञ्चलपुरमा सञ्चालन गरिने मेलाको प्रवेश शुल्क रु ५० तोकिएका छ । विद्यार्थीसँग रु ३०  मात्र शुल्क लिने आयोजकले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट