१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतमा सिलिन्डर विस्फोट, पाँचको मृत्यु, पच्चास घाइते

२३ मंसिर २०७९, शुक्रबार ११:४४

मङ्सिर २३, काठमाडौँ । पश्चिमी भारतको राजस्थान राज्यमा एक विवाह समारोहमा खाना पकाउने ग्यास सिलिन्डर विस्फोट हुँदा कम्तीमा पाँच जनाको मृत्यु हुनुका साथै ५० जना घाइते भएका अधिकारीहरूले शुक्रबार जानकारी दिएका छन् ।

राजस्थानको राजधानी जयपुरबाट  चार सय ३६ किलोमिटर पश्चिममा रहेको जोधपुर जिल्लाको भुङ्गरा गाउँमा बिहीबार विवाह समारोहमा पाहुना भेला भइरहेका बेला सिलिन्डर विस्फोट भएको हो । 

मृतकमा दुई बालबालिका समेत रहेका जोधपुरको जिल्ला कलेक्टरको कार्यालयका एक अधिकारीले जानकारी छन् ।  घाइतेहरु सबै जलेका  र उनीहरुलाई नजिकैको अस्पतालमा लगिएको छ । तीमध्ये १२ जना गम्भीर घाइते,भएका र उनीहरुलाई विशेष उपचारका लागि जोधपुर पठाइएको छ ।   

अधिकारीहरुका अनुसार यो घटना बेहुलाको घरबाट जुलुस निस्कनु अघि नै भएको थियो । कार्यक्रममा करिब १०० जना जम्मा भएको रिपोर्टले जनाएको छ ।

“विवाह भोजको तयारी भइरहेको ठाउँमा ग्यास सिलिन्डर चुहिएर शक्तिशाली विस्फोट भएको अधिकारीले जानकारी । विष्फोटका कारण विवाह भइरहेको घरको एक भाग पनि भत्किएको छ ।

भारतमा आकस्मिक विस्फोटहरू सामान्य छन् किनभने मानिसहरूले सामान्यतया सुरक्षा मापदण्डहरूलाई बेवास्ता गर्छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह