२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रतिनिधिसभामा समानुपातिक तर्फ प्रदेश १ बाट परे १७ जना, झापाबाट मात्रै ७ जना

२०७९, २५ मंसिर आईतवार ०९:२४

मङ्सिर २५, झापा | प्रतिनिधिसभामा समानुपातिक तर्फबाट दलहरूले सिफारिस गरेका ११० जनामध्ये १७ जना प्रदेश १ का परेका छन् । जसमा सबैभन्दा धेरै ७ जना झापाबाट परेका छन् । नेपाली काँग्रेसले ३२ समानुपातिक सांसदमा सरिता प्रसाई (झापा), सरस्वती बजिमय (खोटाङ), लीलादेवी बाखिम (लिम्बू)  (ताप्लेजुङ), माया राई (भोजपुर) र कल्पना चौधरी (सुनसरी)लाई समानुपातिक तर्फबाट सांसद सिफारिस गरेको छ । 

यस्तै समानुपातिकतर्फ सबैभन्दा ठूलो दल नेकपा एमालेले प्रदेश १ बाट मात्रै ६ जनाको नाम सिफारिस गरेको छ । जसमा हेमराज राई (भोजपुर), कालुराम राई (झापा), उर्मिला थेवे (ताप्लेजुङ), सुनिता बराल (झापा), हर्कमाया विश्वकर्मा (झापा) र अमृत राजवंशी (झापा) रहेका छन् । एमालेले समानुपातिकमा ३४ जना सांसद सिफारिस गर्दा झापाबाट मात्रै ४ जनाको नाम सिफारिस गरेको हो । 

यता, माओवादी केन्द्रले सिफारिस गरेका १४ जनामध्ये भोजपुरबाट दुर्गा राईलाई मात्रै प्रदेश १ बाट सिफारिस गरेको छ । नयाँ दलको रुपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीले पनि १३ सांसदमध्ये प्रदेश १ बाट ३ जनाको नाम प्रतिनिधिसभामा सिफारिस गरेको छ । जसमा इन्दिरा रानामगर (झापा), निशा डाँगी (झापा) र अशोककुमार चौधरी (सुनसरी इटहरी) रहेका छन् । 

यता, ५ जना समानुपातिक सांसद पाएको जसपाले प्रदेश १ बाट उदयपुरकी सुशीला श्रेष्ठको नाम सिफारिस गरेको छ । श्रेष्ठ उक्त पार्टीका नेता अशोक राईकी श्रीमती हुन् । समानुपातिकमा ७ सांसद पाएको र पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको गृह प्रदेश भएपनि राप्रपाले प्रदेश १ बाट कोही पनि सिफारिस गरेको छैन । उता, ५ जना सांसद पाएको जनमत पार्टीले मोरङबाट सोनु मुर्मुलाई सिफारिस गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल