१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रतिनिधिसभामा समानुपातिक तर्फ प्रदेश १ बाट परे १७ जना, झापाबाट मात्रै ७ जना

२५ मंसिर २०७९, आईतवार ०९:२४

मङ्सिर २५, झापा | प्रतिनिधिसभामा समानुपातिक तर्फबाट दलहरूले सिफारिस गरेका ११० जनामध्ये १७ जना प्रदेश १ का परेका छन् । जसमा सबैभन्दा धेरै ७ जना झापाबाट परेका छन् । नेपाली काँग्रेसले ३२ समानुपातिक सांसदमा सरिता प्रसाई (झापा), सरस्वती बजिमय (खोटाङ), लीलादेवी बाखिम (लिम्बू)  (ताप्लेजुङ), माया राई (भोजपुर) र कल्पना चौधरी (सुनसरी)लाई समानुपातिक तर्फबाट सांसद सिफारिस गरेको छ । 

यस्तै समानुपातिकतर्फ सबैभन्दा ठूलो दल नेकपा एमालेले प्रदेश १ बाट मात्रै ६ जनाको नाम सिफारिस गरेको छ । जसमा हेमराज राई (भोजपुर), कालुराम राई (झापा), उर्मिला थेवे (ताप्लेजुङ), सुनिता बराल (झापा), हर्कमाया विश्वकर्मा (झापा) र अमृत राजवंशी (झापा) रहेका छन् । एमालेले समानुपातिकमा ३४ जना सांसद सिफारिस गर्दा झापाबाट मात्रै ४ जनाको नाम सिफारिस गरेको हो । 

यता, माओवादी केन्द्रले सिफारिस गरेका १४ जनामध्ये भोजपुरबाट दुर्गा राईलाई मात्रै प्रदेश १ बाट सिफारिस गरेको छ । नयाँ दलको रुपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीले पनि १३ सांसदमध्ये प्रदेश १ बाट ३ जनाको नाम प्रतिनिधिसभामा सिफारिस गरेको छ । जसमा इन्दिरा रानामगर (झापा), निशा डाँगी (झापा) र अशोककुमार चौधरी (सुनसरी इटहरी) रहेका छन् । 

यता, ५ जना समानुपातिक सांसद पाएको जसपाले प्रदेश १ बाट उदयपुरकी सुशीला श्रेष्ठको नाम सिफारिस गरेको छ । श्रेष्ठ उक्त पार्टीका नेता अशोक राईकी श्रीमती हुन् । समानुपातिकमा ७ सांसद पाएको र पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको गृह प्रदेश भएपनि राप्रपाले प्रदेश १ बाट कोही पनि सिफारिस गरेको छैन । उता, ५ जना सांसद पाएको जनमत पार्टीले मोरङबाट सोनु मुर्मुलाई सिफारिस गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह