१२ कार्तिक २०८१, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

शक्तिशाली प्रदेश बागमतिको मुख्यमन्त्री को ?

२५ मंसिर २०७९, आईतवार ११:१९

मङ्सिर २५, काठमाडौँ | प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सकिएपछि अब प्रदेशमा मुख्यमन्त्रीदेखि सम्पूर्ण मन्त्रीहरु फेर्न सातैवटा प्रदेशमा कसरत शुरु भएको छ । सबैभन्दा शक्तिशाली प्रदेश बागमती प्रदेशमा पहिलो मुख्य मन्त्रीका रुपमा  नेकपा एमालेबाट डोरमणी पौडेललाई पाएको थियो । 

नेकपा एमालेमा विवाद देखिएपछि डोरमणी पौडेलले राजीनामा दिए र एमाले कै अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री बनिन्। केही महिनापछि नै  माधवकुमार नेपालको नेतृत्वमा नेकपा एकीकृत समाजवादी पार्टीले असहमति राख्यो अनि अष्टलक्ष्मी शाक्य अल्पमतमा परिन्। त्यसपछि गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीका राजेन्द्र पाण्डे मुख्यमन्त्री बने ।


बागमतिमा प्रदेशमा नेपाली काँग्रेस, नेकपा माओवादी र एकिकृत समाजवादीको गठबन्धन सरकारले आलोपालोको सहमति गरेर राजेन्द्र पाण्डेलाई मुख्यमन्त्री बनाएर तत्कालिन मुख्यमन्त्रीका प्रमुख दावेदार नेपाली काँग्रेसका बागमति प्रदेश प्रमुख इन्द्रबहादुर बानियाँलाई धोका दिएर अन्त्यसम्म नै पाण्डे मुख्यमन्त्री बनिरहे। मंसिर ४ गते हुने आम निर्वाचनबाट आगामी ५ वर्षको लागि प्रदेशसभामा ६६ जना प्रत्यक्ष तथा ४४ जना समानुपातिक गरी ११० जना सदस्य चयन भएका छन्।

बागमती प्रदेशसभाको मुख्य आकर्षणको रूपमा रहेको मुख्यमन्त्री पदमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी दलभित्र धेरै आकाक्षीहरू छन्। मुख्यमन्त्रीको लागि नेकपा एमालेबाट दुई जनाको चर्चा रहेको छ। मुख्यमन्त्रीका रुपमाचर्चामा रहेकाहरूमा गठबन्धनबाट नेपाली कांग्रेसका इन्द्रबहादुर बानियाँ, नेकपा माओवादी केन्द्रका शालिकराम जमरकट्टेल, अनि नेकपा एकीकृत समाजवादीका कृष्णप्रसाद शर्मा खनाल छन्।

बागमती प्रदेशमा १३ जिल्ला रहे पनि मुख्य बन्ने दौडमा भने मकवापुर, चितवन, नुवाकोट, काठमाण्डू र धादिङ जिल्लाका उम्मेदवारहरू देखा परेका छन्।  नुवाकोटका बहादुरसिंह लामा नेपाली कांग्रेसको संस्थापन पक्षबाटै अर्का आकाङ्क्षी रहेका छन्। नुवाकोट २ नम्बर क्षेत्रको ख मा उम्मेदवार बनेका उनको मुख्य प्रतिस्पर्धी नेकपा एमालेका विजयसिंह लामा हुन् । लामाले आफुलाई मुख्यमन्त्रीको दाबेदारको रूपमा प्रस्तुत गर्दै आएका छन्।   

गठबन्धन कै मुख्यमन्त्रीका अर्का दाबेदार शालिकराम जमरकट्टेल धादिङ क्षेत्र नम्बर १ को ख बाट नेकपा एमालेका गजेन्द्र थपलियासँग चुनावी मैदानमा रहेका छन्। तर, गठबन्धनका तर्फबाट नेपाली काँग्रेसबाट मुख्यमन्त्रीका प्रमुख दावेदार इन्द्रबहादुर बानियाँ नै हुन । उनी यसभन्दा पहिला संस्कृति नागरिक तथा पर्यटन राज्यमन्त्री र गृह राज्यमन्त्री समेत भइसकेका छन् ।   

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एयर इण्डियाको जहाजमा शंकास्पद वस्तु भेटिएन, दिल्ली उडानको तयारी एमाले कार्यालयको जग्गादान प्रक्रिया तत्काल यथास्थितिमा राख्न अल्पकालीन आदेश रविले हिरासतमा कतिबेला भेटघाट गर्न पाउँछन्, बाँकी समय के गरेर बिताउँछन् ? बम राखिएको सूचनापछि दिल्ली उड्न लागेको एयर इण्डियाको विमानमा सर्च मुलुकभित्र वर्षेनी ५ लाख रोजगारीका अवसर सिर्जना गर्न आवश्यक: श्रममन्त्री भण्डारी सर्वोच्च अदालत कात्तिक १५ देखि १९ गतेसम्म बन्द रहने धोनीले आइपीएल खेल्ने इजरायली आक्रमणमा परेर गाजामा पछिल्लो २४ घण्टामा ७० जनाको ज्यान गयो अख्तियारलाई निजी क्षेत्रमा प्रवेश गराउनु उचित छैन : सांसद बडु सरकारले भ्रष्टाचारका बारेमा शून्य सहनशिलताको नीति अपनाउँछः गृहमन्त्री धनराज गुरूङमाथि अनुसन्धान गर्न गगन थापाको माग महोत्तरीमा अनुहार जलाइएको अवस्थामा महिलाको शव फेला, हत्याको आशंका गृहमन्त्रीलाई रास्वपा सांसदको आग्रह : लामिछाने भाग्दैनन्, बाहिरै राखेर अनुसन्धान होस् ज्योतिष डा.अधिकारी भन्छन् : ‘मुलुक मध्यावधिमा जान्छ, सरकार कामचलाउ हुन्छ’ बझाङमा जीप दुर्घटना, चारजना घाइते नेपाल र भारतबीच फुटबल, चलचित्र जस्तै ओलीले भने, ‘म आउन भ्याइँन गृहमन्त्री आउनुहुन्छ बैठकमा’ नेपाल प्रिमियर लिग: आठवटै टिमले पाए प्रशिक्षक, कुन टिममा को ? हालसम्मकै उच्च विन्दुबाट आज घट्यो सुनको भाउ, तोलाको कति? बालिका बलात्कार आरोपमा पक्राउ परेका सशस्त्र प्रहरीका जवानद्वारा आत्महत्या