२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

शक्तिशाली प्रदेश बागमतिको मुख्यमन्त्री को ?

२०७९, २५ मंसिर आईतवार ११:१९

मङ्सिर २५, काठमाडौँ | प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सकिएपछि अब प्रदेशमा मुख्यमन्त्रीदेखि सम्पूर्ण मन्त्रीहरु फेर्न सातैवटा प्रदेशमा कसरत शुरु भएको छ । सबैभन्दा शक्तिशाली प्रदेश बागमती प्रदेशमा पहिलो मुख्य मन्त्रीका रुपमा  नेकपा एमालेबाट डोरमणी पौडेललाई पाएको थियो । 

नेकपा एमालेमा विवाद देखिएपछि डोरमणी पौडेलले राजीनामा दिए र एमाले कै अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री बनिन्। केही महिनापछि नै  माधवकुमार नेपालको नेतृत्वमा नेकपा एकीकृत समाजवादी पार्टीले असहमति राख्यो अनि अष्टलक्ष्मी शाक्य अल्पमतमा परिन्। त्यसपछि गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीका राजेन्द्र पाण्डे मुख्यमन्त्री बने ।


बागमतिमा प्रदेशमा नेपाली काँग्रेस, नेकपा माओवादी र एकिकृत समाजवादीको गठबन्धन सरकारले आलोपालोको सहमति गरेर राजेन्द्र पाण्डेलाई मुख्यमन्त्री बनाएर तत्कालिन मुख्यमन्त्रीका प्रमुख दावेदार नेपाली काँग्रेसका बागमति प्रदेश प्रमुख इन्द्रबहादुर बानियाँलाई धोका दिएर अन्त्यसम्म नै पाण्डे मुख्यमन्त्री बनिरहे। मंसिर ४ गते हुने आम निर्वाचनबाट आगामी ५ वर्षको लागि प्रदेशसभामा ६६ जना प्रत्यक्ष तथा ४४ जना समानुपातिक गरी ११० जना सदस्य चयन भएका छन्।

बागमती प्रदेशसभाको मुख्य आकर्षणको रूपमा रहेको मुख्यमन्त्री पदमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी दलभित्र धेरै आकाक्षीहरू छन्। मुख्यमन्त्रीको लागि नेकपा एमालेबाट दुई जनाको चर्चा रहेको छ। मुख्यमन्त्रीका रुपमाचर्चामा रहेकाहरूमा गठबन्धनबाट नेपाली कांग्रेसका इन्द्रबहादुर बानियाँ, नेकपा माओवादी केन्द्रका शालिकराम जमरकट्टेल, अनि नेकपा एकीकृत समाजवादीका कृष्णप्रसाद शर्मा खनाल छन्।

बागमती प्रदेशमा १३ जिल्ला रहे पनि मुख्य बन्ने दौडमा भने मकवापुर, चितवन, नुवाकोट, काठमाण्डू र धादिङ जिल्लाका उम्मेदवारहरू देखा परेका छन्।  नुवाकोटका बहादुरसिंह लामा नेपाली कांग्रेसको संस्थापन पक्षबाटै अर्का आकाङ्क्षी रहेका छन्। नुवाकोट २ नम्बर क्षेत्रको ख मा उम्मेदवार बनेका उनको मुख्य प्रतिस्पर्धी नेकपा एमालेका विजयसिंह लामा हुन् । लामाले आफुलाई मुख्यमन्त्रीको दाबेदारको रूपमा प्रस्तुत गर्दै आएका छन्।   

गठबन्धन कै मुख्यमन्त्रीका अर्का दाबेदार शालिकराम जमरकट्टेल धादिङ क्षेत्र नम्बर १ को ख बाट नेकपा एमालेका गजेन्द्र थपलियासँग चुनावी मैदानमा रहेका छन्। तर, गठबन्धनका तर्फबाट नेपाली काँग्रेसबाट मुख्यमन्त्रीका प्रमुख दावेदार इन्द्रबहादुर बानियाँ नै हुन । उनी यसभन्दा पहिला संस्कृति नागरिक तथा पर्यटन राज्यमन्त्री र गृह राज्यमन्त्री समेत भइसकेका छन् ।   

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल