२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अभिनेता सुशान्तसिंह राजपुतको फ्ल्याट अहिलेसम्म किन लागेन भाडामा?

२०७९, २६ मंसिर सोमबार ०८:३४

मङ्सिर २६, काठमाडौँ | बलिउड अभिनेता सुशान्तसिंह राजपुतको निधन भएको साढे दुई वर्ष भयो। उनी बान्द्रास्थित फ्ल्याटमा मृत फेला परेका थिए।

समुद्रतिर फर्किएको चार बेडरूम भएको उनको बसेको उक्त फ्ल्याट आकर्षकमध्ये पर्छ। तर यो अहिलेसम्म भाडामा लागेको छैन। 


रियल स्टेट ब्रोकर रफिक मर्चेन्टले यो फ्ल्याट मासिक पाँच लाख भारूमा भाडामा लगाउन विज्ञापन गरेका छन्। तर यो फ्ल्याट सुशान्तको भन्ने थाहा पाएपछि सम्पर्क गरेका ग्राहकहरू पनि नआउने समस्या भएको उनले बताएका छन्।

मानिसहरू यो फ्ल्याटमा बस्न डराएको पनि मर्चेन्टले बताएका छन्। सुशान्तको यही फ्ल्याटमा निधन भएको सुनेपछि त उनीहरू हेर्न पनि आउँदैनन्।

'मानिसहरू यो फल्याटमा आउनै डराउँछन्। सुरूमा केही थाहा नहुँदा आउन खोज्नेहरू पनि सुशान्तको कुरा सुनेपछि हेर्न पनि आउँदैनन्,' मर्चेन्टले भनेका छन्, 'सुशान्त बितेको यति समय भइसक्यो, अब चाहिँ एकाध मान्छेले यो कुरा थाहा पाएर पनि हेर्नसम्म आउन थालेका छन्। अहिलेसम्म कसैले बस्ने निधो भने गरेको छैन।'

मर्चेन्टका अनुसार यो फ्ल्याट विदेश बस्ने भारतीयको हो। उनले अरू कुनै सेलेब्रेटीलाई भने यो फ्ल्याट नदिने भनेका छन्। त्यसैले फ्ल्याट मालिकको प्राथमिकतामा व्यापारी भएको उनले जानकारी दिए।

यसअघि सुशान्तले यो फ्ल्याट साढे चार लाख भारू महिनाको तिरेर बसेका थिए। ३६०० वर्गफिटमा फैलिएको यो अपार्टमेन्टमा चार वटा बेडरूम छ र बरन्डा पनि छ। 

उनी सन् २०१९ मा यहाँ सरेका थिए। फ्ल्याटमा उनकी प्रेमिका रिया चक्रवर्ती र अरू केही साथीहरू पनि बस्दै आएका थिए। सुशान्तको निधनपछि यो फ्ल्याट खाली छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल