१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कार्डको वर्षा गर्ने रेफ्रीलाई फिफाले घर फर्कायो

२६ मंसिर २०७९, सोमबार ११:१७

मङ्सिर २६, काठमाडौँ | विश्वकपमै सर्वाधिक १८ पहेँलो कार्ड देखाएर कार्डको कीर्तिमान बनाउनुभएका स्पेनिस रेफ्री एन्टोनियो माटियु लाहोजलाई विश्व फुटबल महासङ्घ (फिफा) ले बाँकी खेलमा जिम्मेवारी नदिने भएको छ । 

कतारमा जारी विश्वकप अन्तर्गत अर्जेन्टिना र नेदरल्यान्ड्सबीचको क्वार्टरफाइनल खेल खेलाउने क्रममा रेफ्री एन्टोनियोले खेलाडी र अफिसियललाई गरी खेल अवधिभर १७ वटा पहेँलो र नेदरल्यान्ड्सका डेन्जेल डम्फ्रिजलाई दोहोरो पहेँलो (एक रातो कार्ड) देखाउनुभएको थियो ।


रेफ्री एन्टोनियोले उक्त खेलमा विवादास्पद निर्णय गरेको भन्दै विश्वभर रेफ्री एन्टोनियोको चर्को आलोचना भएको थियो । विवादमा परेका एन्टोनियोलाई फिफाले बाँकी जिम्मेवारीबाट अलग गरेपछि उहाँ स्पेन फर्किनु भएको छ ।

रेफ्रीको निर्णयको विषयमा खेलपछि अर्जेन्टिना र नेदरल्यान्ड्स दुवै पक्षले आलोचना गरेका थिए । अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले विश्वकप जस्तो प्रतियोगिता खेलाउने रेफ्रीको विषयमा फिफाले ध्यान दिनु पर्ने बताउनुभएको थियो ।

‘‘विश्वकपमा खेलाउने रेफ्रीको भूमिका आज राम्रो थिएन । अतिरिक्त समयमा नजाने खेललाई त्यतिकै लगियो । अर्जेन्टिनाले हारोस् भन्ने मानसिकता रेफ्रीमा देखियो । फिफाले यसबारे आवश्यक कारबाही गर्न आवश्यक छ,’’ मेस्सीले भन्नुभएको थियो । 

दोस्रो हाफको इन्जुरी समयको अन्तिम मिनेटमा नेदरल्यान्ड्सलाई डिबक्स छेउ फ्रिकिक दिएपछि त्यही फ्रिकिकमा गोल गर्दै नेदरल्यान्ड्सले खेललाई २–२ गोलको बराबरी ल्याएको थियो । त्यसपछि खेल अतिरिक्त समय हुँदै टाइब्रेकरमा पुगेको थियो । टाइब्रेकरमा अर्जेन्टिनाले नेदरल्यान्ड्सलाई ४–३ गोलले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको थियो । 

फिफा विश्वकपमा १८ पहेँलो कार्ड देखाइएको पहिलो पटक हो । यसअघि सन् २००६ को पोर्चुगल र नेदरल्यान्ड्सबीचको प्रिक्वार्टरफाइनल खेलमा चार रातोसहित १६ वटा कार्ड देखाइएको थियो । यसैगरी फिफाले अर्जेन्टिना र नेदरल्यान्ड्सबीचको खेलमा दुवै टोलीले विपक्षीमाथि प्रस्तुत गरेको खराब व्यवहारका कारण अनुशासनसम्बन्धी कारबाही गर्ने पनि जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह