२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विप्लवले गरे अध्यादेशको स्वागत, स्वीकृत गर्न राष्ट्रपतिलाई आग्रह

२०७९, २७ मंसिर मंगलवार १०:२१

मङ्सिर २७, काठमाडौँ | नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले मुलुकी फौजदारी संहिता संशोधनका लागि अध्यादेश जारी गर्ने सरकारको निर्णयको स्वागत गरेको छ । मंगलबार एक विज्ञप्तिमार्फत महासचिव विप्लवले आफूहरूसँग भएको तीन बुँदे सहमतिअनुसार अध्यादेश आएको भन्दै स्वागत गरेका हुन् । 


“नेपाल सरकारले हाम्रो पार्टीसँग भएको तीन बुँदे सहमतिअनुसार नेता तथा कार्यकर्ताहरूमाथि लागेका सम्पूर्ण मुद्दाको खारेजी तथा बन्दी नेता/कार्यकर्ताहरूको रिहाइका लागि मंसिर २५ गतेको मन्त्रिपरिषद्को बैठकबाट अध्यादेशबारे निर्णय गरी प्रमाणीकरणका लागि सम्माननीय राष्ट्रपति समक्ष पेस गरेको छ,” विज्ञप्तिमा भनिएको छ, “हाम्रो पार्टीसँगको छलफल एवं सहमतिको मर्म अनुरूप सरकारले आफ्नो जिम्मेवारीस्वरूप अध्यादेश पेस गर्नु स्वागतयोग्य कुरा हो ।”

विप्लवले अध्यादेशलाई राष्ट्रपतिले स्वीकृत गर्नेमा पार्टी विश्वस्त रहेको जनाएका छ्न् । विज्ञप्तिमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग कानुन निर्माण प्रक्रियालाई पूर्णता दिई लागु गर्ने वातावरण निर्माण गर्न आग्रह गरिएको छ । 

विप्लवले सरकारले अध्यादेश जारी गरेपछि कांग्रेस र एमालेका केही नेताहरूबाट भएको विरोध आश्चर्यजनक भएको उल्लेख गरेका छन् । 

“सरकारले अध्यादेश पेस गरेपश्चात् सरकारको नेतृत्व गरिरहेको पार्टी नेपाली कांग्रेसकै कतिपय नेताहरूका साथै नेकपा (एमाले) का कतिपय नेताहरूले विरोध गरिरहेको सुन्दा आश्चर्यचकित बनाएको छ,” विप्लवले विज्ञप्तिमा भनेका छन्, “कुनै पनि जिम्मेवार नेताले देशका राजनीतिक समस्याहरूलाई यथाशीघ्र समाधान गर्न अग्रगामी पहल गर्नुको सट्टा सरकारले गरेको पहलमा समेत बाधा अवरोध खडा गर्नु भनेको गम्भीर समस्याको विषय हो ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल