२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बालाजुमा करोड बढीको सम्पत्ती भएर ‘टहरो’मा बस्ने ९० वर्षीया वृद्धाको हत्या

२०७९, २७ मंसिर मंगलवार ११:३३

मङ्सिर २७, काठमाडौँ | काठमाडौंको बाजाजुस्थित एक टहरोमा बस्दै आएकी ९० वर्षीया वृद्धाको हत्या भएको छ । 

तार्केश्वर नगरपालिका–६ बस्ने डिल्ली पतुवार वडा नम्बर–३ मा पर्ने जंगलमा मंसिर २२ गते मृतावस्थामा फेला परेकी थिइन् ।

उनको टाउकोमा गम्भीर चोट देखिएको छ । पोस्टमार्टम रिपोर्टमा उनको टाउकोमा हिर्काएकोजस्तो देखिएको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरू बताउँछन् । 


उनका श्रीमान्को मृत्यु भइसकेको छ । मृतक डिल्लीकी चार छोरी र एक छोरा भएपनि उनी एक्लै आफ्नै जमिनमा भएको टहरोमा बस्दै आएकी थिइन् । 

अनुसन्धानमा संलग्न एक अधिकारीले भने, “उनी सधैँ नजिकै रहेको छोरीमा घरमा खाना खान जाने रहिछन् । २० गते भने नगएको पाइएपछि बालाजु प्रहरीमा उजुरी आयो । खोज्दै जाँदा २२ गते मृत भेटिइन् ।”

उनको नाममा करोड बढी पर्ने जमिन रहेकाले सोही कारणले हत्या गरिएको हुनसक्ने र घटनामा नजिककै आफन्तको संलग्नता हुनसक्ने प्रहरीको अनुमान छ । 

हत्या आशंकामा प्रहरीले उनका केही आोफन्तलाई पक्राउ गरेको छ । मृतक डिल्लीको परिवारमा सम्पत्तीको विषयमा केही विवाद रहेको पनि खुलेको छ । 

बालाजु प्रहरीमा समयमै उनी हराएको खबर पुगेपछि प्रहरीले लापरबाही गरेको आरोपसमेत लागेको छ । 

पछिल्लो तीन दिनमा बालाजु प्रहरीकै कार्यक्षेत्रमा दुई घटना भएका छन् । आइतबार साँझ तारकेश्वरमै दुर्घटनामा एकजनाको मृत्यु भएको बताइएपनि आफन्तले दुर्घटना नभई हत्या भन्दै सोमबार बालाजु प्रहरीविरुद्ध प्रर्दशनसमेत गरेका थिए । 

प्रर्दशनकारीले प्रहरीको मोटरसाइकलमा आगजनीसमेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल