१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बालाजुमा करोड बढीको सम्पत्ती भएर ‘टहरो’मा बस्ने ९० वर्षीया वृद्धाको हत्या

२७ मंसिर २०७९, मंगलवार ११:३३

मङ्सिर २७, काठमाडौँ | काठमाडौंको बाजाजुस्थित एक टहरोमा बस्दै आएकी ९० वर्षीया वृद्धाको हत्या भएको छ । 

तार्केश्वर नगरपालिका–६ बस्ने डिल्ली पतुवार वडा नम्बर–३ मा पर्ने जंगलमा मंसिर २२ गते मृतावस्थामा फेला परेकी थिइन् ।

उनको टाउकोमा गम्भीर चोट देखिएको छ । पोस्टमार्टम रिपोर्टमा उनको टाउकोमा हिर्काएकोजस्तो देखिएको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरू बताउँछन् । 


उनका श्रीमान्को मृत्यु भइसकेको छ । मृतक डिल्लीकी चार छोरी र एक छोरा भएपनि उनी एक्लै आफ्नै जमिनमा भएको टहरोमा बस्दै आएकी थिइन् । 

अनुसन्धानमा संलग्न एक अधिकारीले भने, “उनी सधैँ नजिकै रहेको छोरीमा घरमा खाना खान जाने रहिछन् । २० गते भने नगएको पाइएपछि बालाजु प्रहरीमा उजुरी आयो । खोज्दै जाँदा २२ गते मृत भेटिइन् ।”

उनको नाममा करोड बढी पर्ने जमिन रहेकाले सोही कारणले हत्या गरिएको हुनसक्ने र घटनामा नजिककै आफन्तको संलग्नता हुनसक्ने प्रहरीको अनुमान छ । 

हत्या आशंकामा प्रहरीले उनका केही आोफन्तलाई पक्राउ गरेको छ । मृतक डिल्लीको परिवारमा सम्पत्तीको विषयमा केही विवाद रहेको पनि खुलेको छ । 

बालाजु प्रहरीमा समयमै उनी हराएको खबर पुगेपछि प्रहरीले लापरबाही गरेको आरोपसमेत लागेको छ । 

पछिल्लो तीन दिनमा बालाजु प्रहरीकै कार्यक्षेत्रमा दुई घटना भएका छन् । आइतबार साँझ तारकेश्वरमै दुर्घटनामा एकजनाको मृत्यु भएको बताइएपनि आफन्तले दुर्घटना नभई हत्या भन्दै सोमबार बालाजु प्रहरीविरुद्ध प्रर्दशनसमेत गरेका थिए । 

प्रर्दशनकारीले प्रहरीको मोटरसाइकलमा आगजनीसमेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह